असन्तुष्ट दलका सबै माग सम्बोधन गर्न नसकिने :महतो
काठमाण्डौ २४ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असन्तुष्ट दलका सबै माग सम्बोधन गर्न नसकिने वताउनु भएको छ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वर्तमान सरकार विघटन र निर्वाचनको मिति सार्ने बाहेक अन्य मागका बारेमा मात्र सम्बोधन गर्न सकिने बताउनुभयो।
उहाँले निर्धारित मितिमै संविधानसभाको निर्वाचन हुने दाबी गर्नु भयो। अध्यक्ष महतोले अब बन्ने संविधानले जनताको संघीय गणतन्त्रको चाहनालाई संस्थागत गर्ने भएकाले चुनाव जसरी पनि सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहांले धेरै मतदाता छुटेकाले नागरिकता बाहेक अन्य पहिचानको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली दर्ताका लागि पुनः नामावली संकलनको अभियान थाल्नु पर्ने बताउनुभयो।

0 comments
तपाईंको प्रतिकृया