विकासे काममा पछाडि पारेको गुनासो
कपिल ज्ञवाली
बुटवल, १७ साउन । बिकासको क्रममा नगरपालिकाले वडा नं १३ लाइ पछाडि पारेको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् ।उनिहरुले नगरपालिका भित्र सबैभन्दा बढि घरधुरी र जनसंख्या भएको वडा १३ भएपनि बिकासका दृष्टिले पछाडि रहेकोमा दुखेसो पोखेका थिए । नविन टोल बिकास संस्था बुटवल १३ देबिनगरको बिहिबार भएको चौथो अधिबेशनमा बोल्ने बक्ताहरुले शडक बत्ती,कालोपत्रे शडक,खानेपानी लगायतका बिकासका पुर्वाधारमा पछाडि पारिएको बताए । कार्यक्रममा बोल्दै बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले बिकास निर्माणका लागि टोल बिकास संस्थासंगै स्थानियको सहकार्य जरुरी रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष सरिता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा टोल बिकास संस्थाका नगर संयोजक महेन्द्रकुमार राज भण्डारी,वडा १३ का सचिब प्रचण्डराज आचार्य,वडा समन्वय समिति १३ का संयोजक ज्योति अर्याल,वडा नागरिक मञ्चकी साबित्रा टण्डन,कृष्ण बस्नेत,भरत काउचा,रबि पोखरेल,कोषाध्यक्ष उषा बञ्जाडे लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अबसरमा स्थानिय ८६ बर्षिय बयोबृद्धा लक्ष्मी ज्ञवालीलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियोे भने समाजसेबी दिपक ज्ञवालीलाई कदर पत्रले सम्मान गरिएको थियो । अधिबेशनले बिहिबार नै नयां नेतृत्व चयन गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया