Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तिजको रातो सारीको बिमोचन

पाल्पा १९ श्रावण।  केही समय यता पाल्पामा चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री निर्माणले तिब्रता पाएको छ ।

यस्तै मा पाल्पामा छायांकन गरिएका तिज गितहरुको स्रब्य दृश्य संग्रह तिज गिती भिसिडी एल्बम तिजको रातो सारीको हालै पाल्पामा बिमोचन गरिएको छ । पाल्पाका पुराना कलाकारहरुले उक्त तिज भिसिडी एल्बमको बिमोचन गरेका हुन । सहारा कला केन्द्र र लुम्बिनी गित संगित डिजिटल प्रा.ली को सयुक्त उत्पादनमा तयार भएको उक्त भिसिडी एल्बमको पाल्पाली अग्रज कलाकार महेश देउराली, मिन ब. केसी(देउराली परिवार) चिरन्जिवी ढुंगाना, चित्रवली राम सुवाल(चिचि) र ब्रम्हशेखर बज्राचार्यले संयुक्त रुपमा बिमोचन गरे ।

 एल्बमको बिमोचन गर्दै अग्रज कलाकार चित्रवली राम सुवालले आफुहरुले आफनो समयमा गर्न नसकेको काम अहिले नया पुस्ताले गरेको भन्दै प्रशंसा गरे । उनले कलाकारीताको माध्यमबाट समाजमा रहेको बिशंगती हटाउन नया पुस्ता लाग्ने पर्ने धारण राखे । तर पछिल्लो दिनमा आएको बिकृती तर्फ उनले चिन्ता समेत ब्यक्त गरे । बिमोचन कार्यक्रममा बोल्दै सहाएक प्रमुख जिल्ला अधिकारी नबराज बरालले समाजमा शान्ती सुरक्षा कायम गरी भाईचाराको बाताबरण स्थापित गर्नुमा पनी कलाकारहरुको ठुलो भुमिका रहने बिचार ब्यक्त गरे । गितमा पाल्पाली कलाकारहरु सुमन थापा, हेमेन पुन, पुरन गाहा, सोनिया सारु, बबी श्रेष्ठ, मिना गाहा लगाएत राष्ट्रिय कलाकारहरु पार्बती राई, रश्मी तामांग लगाएतले नृत्य गरेका छन ।



 उक्त भिसीडी एल्बममा तिन वटा गित रहेका छन । पाल्पाको भगवती मन्दिर, टक्सारटोल, टुडिखेल लगाएतका स्थानमा उक्त गितहरुको छायांकन भएको हो । एल्बममा संग्रहीत गितहरु सन्तोष बस्याल र सुरेष श्रेष्ठले खिचेका हुन ।

0 comments

तपाईंको प्रतिकृया