Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पितृसतात्मक संरचनाकै कारणले महिलाले आफ्नो अधिकार पाउन सकेनन:शर्मा

पाल्पा ३ भदौ ।  अखिल नेपाल महिला संघका नेतृ दामा शर्माले पितृसतात्मक संरचनाकै कारणले महिलाले आफ्नो अधिकार पाउन नसकेको बताउनुभएको छ ।

हरेक क्षेत्रमा पुरुषबाट निर्देशित संरचनाका कारण महिलाले गुणात्मक उपलब्धी हासिल गर्न नसकेको उहाँले बताउनुभयो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पाल्पाको पाँचौ जिल्ला सम्मेलनमा बोल्दै उहाँले महिलाको अधिकार प्राप्तिका लागि सबै महिला संगठित भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनयुद्धमा महिला, दलित, उत्पीडित, आदिवासी जनजाति समुदायमा बाँडिएको सपना अझै पूरा नभएकोले आफूहरू नेकपा–माओवादीमा गोलबन्द भएको बताउनुभयो । 

कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मगरात राज्य समितिका सेक्रेटरी बावुराम नेपालीले ५१ प्रतिशत महिलाको जनसंख्या भएपनि पुरुषसहर महिलाले अधिकार पाउन नसकेको बताउनुभयो । महिलाले स्वनिर्णय गर्न नदिने पुरानो संस्कार र विचार भएकाले त्यसको ध्वंसले मात्र महिलाका अधिकार सुनिश्चित हुने नेपालीले दावी गर्नुभएको । कार्यक्रममा माओवादीकै केन्द्रीय सदस्य चुरामणी वली (आदर्श), पूर्व सभासद् लिला सोमैलगायतले सम्मेलन सफलताको शुभकामना दिदै महिलाको हक, अधिकारका लागि अनेमसंघ (क्रान्तिकारी)मा गोलबन्द हुन आग्रह गर्नुभयो ।

कार्यक्रम सिर्जना मल्लको अध्यक्षतामा र विमला महतराको संचालनमा सम्पन्न भएको थियो । यसैबिच सम्मेलनले सिर्जना मल्लको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा विमला महतरा र गीता देवकोटा, सचिवमा उमा ठाडा, सहसचिवमा मन्जु विक, कोषाध्यक्ष खुमला सुनार रहनुभएको छ । यसैगरि सदस्यहरुमा शुसिला गरम्जा, लक्ष्मी विक, प्रतिक्षा मस्राङ्गी, दिलु पुन, डिला खातीक्षेत्री, राधा पाण्डे, लक्ष्मी पोखरेल, विन्दु पाण्डे, विष्णु आले चुमीकला विक, गीता भाट, कामना घर्तीमगर, यानी सारु, धनीसरा दर्लामीमगर, सन्ध्या अधिकारी, मीना राना, रहनुभएको छ ।

0 comments

तपाईंको प्रतिकृया