अधिकारी दम्पत्तीलाई जबरजस्ती भए पनि खाना खुवाउनु: सर्बोच्च
काडमाडौ १८ भाद्र । सर्बोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धानको विस्तृत विवरण पेश गर्न सरकारलाई आदेश दिएको छ । छोरा कृष्णको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बीर अस्पतालमा अनसन बस्दै आएका कृष्ण प्रसादका बुवा र आमाको जीवनरक्षाको माग गर्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीश प्रकाश वस्तीको इजलासले अनशन बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तीलाई सकेसम्म सम्झाइ बुझाइ र नमाने जबरजस्ती भए पनि खाना खुवाउन समेत आदेश दिएको छ । छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै अधिकारी दम्पत्तिले झण्डै ४३ दिनदेखि अनशन जारी राखेपछि जीबन रक्षाको माग गर्दै अधिवक्ता रामराज सिवाकोटीले गत आइतबार रिट दायर गर्नुभएको थियो ।

0 comments
तपाईंको प्रतिकृया