Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संविधानसभाले संविधान बनाउन नसके राष्ट्रको अस्तित्व नै खतरामा: थापा

काठमाण्डौ २६ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधानसभाले पनि संविधान बनाउन नसके राष्ट्रको अस्तित्व नै खतरामा पर्ने बताउनु भएको छ।

आज पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अब बन्ने संविधानसभाले पनि संविधान बनाउन नसके राष्ट्रको अस्तित्व खतरामा पर्ने बताउनु भएको हो। मंसिर ४ मा हुन लागेको निर्वाचनमा आफ्नो पार्टी आत्मसर्मपणवादी संस्कार र राष्ट्र टुक्राउन चाहने शक्तिहरुको विकल्पको रुपमा जनता माझ जाने पनि थापाले बताउनु भयो।

कार्यक्रममा नेकपा एमालेका सोलुखुम्बु जिल्ला अध्यक्ष तथा पूर्व सांसद भूपाल किराती, नेपाली कांग्रेसका पूर्वसांसद जनकबहादुर शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य अम्बिका ढकाल, दलवीर पुन लगायत विभिन्न पार्टीका ६५ जना राप्रपा नेपालमा प्रवेश गरेका थिए।

0 comments

तपाईंको प्रतिकृया