उपत्यका लगायत पूर्वी क्षेत्रमा बन्द, जनजीवन प्रभावित
काठमाण्डौ २७ भाद्र ।
नेकपा माओवादी नेतृत्वको मोर्चाले आज काठमाडौं उपत्यका लगायत पूर्वी क्षेत्रमा बन्द आह्वान गरेको छ।
मोर्चाले गरेको बन्दका कारण पत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर काठमाडौं लगायत पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बस, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सवारी साधान चलेका छैनन भने बजार कलकारखाना, शैक्ष्ँिक संस्था समेत ठप्प छन्। बन्दकर्ता बिभिन्न चोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन्।
बन्दकर्ताको जुलुससहितको प्रर्दशन आएपछि बिहान खुलेका केही पसल समेत व्यवसायीले बन्द गरेका थिए। सर्वसाधारण पैदलबाटै आफनो गन्तव्यतर्फ गैरहेका छन्। मोर्चाले आफूसंगको सहमति बिना गरिएको निर्वाचन बहिष्कार गर्ने भन्दै बन्द गरेको हो।
मोर्चाले गोलमेच सम्मेलनमार्फत दलको नेतृत्वमा सरकार बनाउने र नयाँ चुनाव गर्ने अडान लिएको छ।

0 comments
तपाईंको प्रतिकृया