Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संबिधान सभाको निर्बाचनमै जुटौं: बलदेब

कपिल ज्ञवाली  बुटवल २८ भदौ । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य चन्द्रप्रकाश खनाल ‘वलदेव’ले मुलुकको निकास संविधान सभाको निर्वाचन भएकाले निर्वाचनको वातावरण वनाउन सवैको महत्वपुर्ण भूमिका हुने वताएका छन ।

राजनितीक दलहरु विच मुलुकलाई निकास दिने विषयमा सहमती हुन नसक्दा प्रधानन्यायधिशको नेतृत्वमा सरकार गठन गर्नु परेको स्मरण गराउदै उनले अव पनि दलहरुको सहमती नहुने हो भने नेताहरुले राजनितीक गर्नुको अर्थ नहुने उनको भनाई छ । मोफसल मिडिया समाज नेपालले आज वुटवलमा आयोजना गरेको दोश्रो संविधान सभामा संचारकर्मीको भूमिका तथा सम्मान कार्यक्रममा संविधानसभाको निर्वाचनवाटै जनताको अधिकार स्थापित हुने भएकाले सवैदलहरुलाई वहिस्कारको कार्यक्रम फिर्ता लिएर निर्वाचनमा आउन आग्रह गरे । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका नव निर्वाचित अध्यक्ष मोहन चापागाईले मुलुकलाई संक्रमण कालिन अवस्थामा राखिरहन नहुने वताउदै निकासको लागी स्रविधान सभाको निर्वाचन एक मात्र विकल्प भएको वताए ।

कार्यक्रममा एमाओवादीका केन्द्रिय सदस्य टंकमणी वन्जाडे ,नेकपा माओवादीका जिल्ला इन्चार्ज वसन्त श्रेष्ठ, नेपाली कांग्रेसका युवराज गिरी, लेखक तथा साहित्यकार रामचन्द्र भट्टराई, प्रेस चौतारीका पुर्व अध्यक्ष वालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधीराम खरेल, मेचीकली मिडिया सोसाईटीक उपाध्यक्ष डिआर घिमिरे , रुपन्देही उद्योग संघका अध्इष तेज कुमार पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोख्रेल, राष्ट् िउद्योग व्यापार संगठन वुटवलका अध्यक्ष खिमनारायण पराजुली, एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र केसी , प्रेस चौतारीका केन्द्रिय सदस्य भरत केसी, प्रेस युनियनका केन्द्रिय सदस्य रामराज पोख्रेल, क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सदस्य रुद्रहरि कु“वर लगायतले वोलेका थिए । सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका नव निर्वाचित अध्यक्ष चापागाईलाई सम्मान गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया