Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दशैंका लागी टिकट बुकिङ खुल्ला

काठमाण्डौ १ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजबाट दशैंका लागी टिकट बुकिङ खुल्ला गरेको छ। दशैं मनाउन घर जानेहरुका लागि सहज होस भनेर उपत्यकाका विभिन्न १२ ठाउँमा टिकट विक्रिको व्यवस्था मिलाइएको महासँघले जनाएको छ। कलंकी, नयाँ बसपार्क, पुरानो वसपार्क, सुन्धारा लगायतका स्थानमा बिहानैदेखि टिकट बुकिङ गर्नेहरुको भिड लागेको छ।

महासंघ, यातायात विभाग एवम प्रहरीले परिचय पत्र लगायको व्यक्तिवाट मात्रै टिकट काटन आग्रह गरेका छन्। टिकट बिक्री काउन्टरमै बसको रुट अनुसारको भाडादर सूची टाँसिएकाले त्यसै अनुसार टिकट काटन महासंघले आग्रह गरेको छ। दशैमा उपत्यका भित्रिने र वाहिरीने यात्रुको चाप बढेने भएकाले नाकामा कडाइका साथ सुरक्षा जाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। यो बर्ष असोज २८ दशैं परेको छ।

0 comments

तपाईंको प्रतिकृया