अबकी पारी एमालेकी बारी
नरेश के सी भैरहवा,३ असोज । आगमी दोस्रो संविधान सभा निर्वाचनमा एमालेको विजयी सुनिश्चित भएको एमाले नेताहरुले दाबी गरेका छन् ।
नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रिय कमिटीद्वारा विहीवार भैरहवामा आयोजित पार्टि प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य आदित्य नारायण कसौधनले सबै नेता कार्यकर्तालाई प्रचारप्रसारमा ढुक्क भएर लाग्न आग्रह गर्दै अबकी पारी एमालेकी बारी भएको दाबी गरेका छन् । उनले भने “अपकी पारी एमालेकी बारी हें । अबकी चुनवमें एमालेकी जित सुनिश्चित हें ।
कार्यक्रममा नेता कसौधनले पच्चिस वर्षदेखी एमालेको राजनिती गर्दा आफुले एमालेले कहिल्यै मधेसी पहाडी भनेर भेदभाव नराखेको समेत उदाहरण दिएका थिए ।
कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिaधी परिषद सदस्य बाबुलाल यादवले एमाले सबै धर्म भाषा जाति समुदायको पार्टि भएको दाबी गर्दै अन्य पार्टि जनता ठग्ने पार्टि भएको तर्क गरे । सो अवसरमा एमाले नेतृ पुस्पाञ्जलि उपाध्ययले महिला, बालबालिका, पीछडीएको बर्ग , अल्पसंख्यक तथा सम्पुर्ण वर्ग र समुदायको आस्थाको धरोहर एमाले भएकोले आगमी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरिन् ।
सो अवसरमा एमाले जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले आर्थिक समृद्धि एमालेको मूल एजेण्डा भएको बताउदै गरिब दीन हीन तथा शोषीत पीडितको आवज उठाउने पार्टि एमालेको विजयी विना मुलुकको विकास नहुने बताए ।
सो अवसरमा कांग्रेस , फोरम, तमलोपा पार्टिका गाविस तथा जिल्ला स्तरियगरी १ सय जना जति नेताहरु एमाले प्रवेश गरेका छन् । कांग्रेस फोरम तमलोपा बसन्तपुर गाऊ कमिटीका नेताहरु नजबुद्धिन मुसलमान, जयराम यादव, राधे हरिजन, भोला यादव, असरफी लोहार, चन्द्र भवन खरविन्द, जगदीस यादव, गौरी शंकर थारु, भगवान दत्त चौधरी, सुकु हरिजन, महेन्द्र कुर्मि, राधेश्याम हरिजन, पल्टन हरिजन, आनन्द के सी, शम्भु कहार, विश्राम हरिजन लगायत १ सय भन्दा बढी नेताहरु सम्बद्ध पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले क्षेत्रीय कार्यबाहक सचिव धुव्र अधिकारीले बताएका छन् ।
उनीहरुलाई एमाले नेता कसौधनले पार्टि सदस्यता समेत प्रदान गर्दै आजैदेखी पार्टिको काममा लाग्न समेत निर्देशन दिएका छन् ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष शिव सुवेदीले आगमी निर्वाचनमा एमालेको विजयी सुनिश्चीत भएको आधारहरु पेस गरेका थिए भने सचिव तुल्सी प्रसाद चौधरीले जबतक इ देशमा एमाले नइ जिती तबतक संविधान नइबनी भन्दै सबैलाई चुनावी अभियानमा लाग्न आग्रह गरेका थिए । उक्त कार्यक्रममा क्षेत्रीय अध्यक्ष भरत कुमार पोखरेलले रुपन्देही क्षेत्र नम्बर २ मा एमालेको विजयी सुनिश्चीत भएको तकए गरेका थिए ।
कार्यक्रममा मुश्लिम इत्तेहाद संगठनका अध्यक्ष लाल मोहमद पठान, नेपाल लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष इन्द्रजीत यादव, एमाले जिल्ला सदस्यहरु राजेन्द्र पन्थि, हरि अधिकारी, हितराज पन्थि, विष्णु पन्थि, डासुराम पाण्डे, प्रेम सेन्चुरी, विमला पन्थि, पम्फावति खनाल, बुद्धि सागर बस्याल, कृष्ण नेपाल, जीवलाल अर्याल लगायत एमालेका क्षेत्रीय , गाऊ स्तरका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

.jpg)
0 comments
तपाईंको प्रतिकृया