Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुद्धबारे झुटो प्रचार—प्रसारको बिरुद्धमा र्याली तथा हस्ताक्षर अभियान


कपिल ज्ञवाली   बुटवल,३ असोज ,शान्तिका अग्रदुत भगवान गौतमबुद्धबारे अन्तराष्ट्रिय स्तरमा भैरहेको झुटो प्रचार—प्रसारको बिरुद्धमा पोखरा बिश्वबिद्यालय अन्तर्गत रुपन्देहीमा रहेका ८ वटा कलेजमा अध्ययनरत बिद्यार्थिहरुले र्याली तथा हस्ताक्षर अभियान संचालन गर्ने भएका छन् । बिद्यार्थीले असोज ६ गते बुटवल र गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा छुट्टाछुट्टै कार्यक्रम गर्ने बिहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक सुरज खरेलले भगवान गौतमबुद्ध नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा जन्मेको भएपनि अन्तराष्ट्रिय स्तरमा भएको गलत प्रचारले लुम्बिनीको गौरब र नेपालको गौरब खोसिने प्रयास भएको भन्दै त्यसका बिरुद्धमा बिद्यार्थीहरुले र्याली सहित हस्ताक्षर अभियान संचालन गर्न लागेको बताउनुभयो । उहाले बिश्वसम्पदा सुचिमा सुचिकृत लुम्बिनीलाइ बिश्वसामु परिचित बनाउन र लुम्बिनी नेपालमै पर्छ,गौतमबुद्ध नेपालमा नै जन्मेका हुन् भन्नका लागि बुटवलमा र्याली सम्पन्न गरेर संकलित हस्ताक्षरलाइ ६ गते नै लुम्बिनीमा पुगि लुम्बिनी बिकास कोषका सदस्य सचिबलाइ हस्ताक्षर बुझाउने बताउनुभयो । बिद्यार्थीको र्याली बिहान ८ बजे बुटवलको राजमार्ग चौराहाबाट शुरु भइ गोलपार्क सम्म पुगेर सकिने छ ।

कार्यक्रममा तिलोत्तमा क्याम्पसका प्रिन्सिपल डा.आर सि आचार्य,सिसिटीका प्रिन्सिपल देबि प्रसाद भण्डारी,एम्सका बिद्यार्थी राजिब खनाल,एक्सिस कलेजका बिद्यार्थी प्रतिमा आचार्य, तिलोत्तमा क्याम्पसका बिद्यार्थी सुरक्षा आचार्य लगायतले बोल्दै भगवान गौतमबुद्धबारे भैरहेको गलत बिषयबस्तु चिर्नका लागि सत्यतथ्य बाहिर ल्याएर बिश्वसामु लुम्बिनी,नेपाल र गौतमबुद्धको बारेमा प्रस्ट पार्नुपर्ने बताएका थिए । पोखरा बिश्वबिद्यालय अन्तर्गत रुपन्देहीमा सिसिटी, क्षितिज इन्टरनेशनल, लुम्बिनी इन्जिनियरिङ, तिलोत्तमा, एक्सिस, सिद्धार्थ इन्टरनेशनल, बृहस्पती,र बुटवल मोडल कलेज आबद्ध छन् ।

0 comments

तपाईंको प्रतिकृया