Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वैद्यसँग विद्रोह गरेर नयाँ पार्टीको घोषणा

काठमाडौं, ८ असोज - वैद्य नेतृत्वको नेकपा-माओवादी परित्याग गरेका केन्द्रीय सदस्य महेन्द्र पासवान, धिरज पट्टेलसहितका नेताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् ।

वैद्य माओवादीसँग विद्रोही गरेर नयाँ पार्टीको गठन गरेका उनीहरुले पार्टीको नाम नेकपा-माओवादी (विद्रोही) राखेका छन् । उनीहरुले पार्टी नेतृत्वले दरवारीया र संघीयता विरोधीहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । यस्तै बौद्ध भेला हुँदै पोखरासम्म आइपुग्दा आफूहरुले राखेका १३ बुँदे असहमतिपत्रबारे कुनै सम्वोधन नभएपछि विद्रोह गर्न बाध्य भएको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनम महेन्द्र पासवानले बताए । पासवान र धिरज पटेल धिरेन्द्रसहितका नेताहरुले नेकपा(माओवादी ( विद्रोही) को तदर्थ समितिको घोषणा गगरेको जानकारी दिए ।

 नयाँ पार्टीमा पासवान र पट्टलसँगै धनुषा इन्चार्ज दीपक यादव, बारा इन्चार्ज रंजीत पटेल, मधेस विशेष जिल्ला संगठन इन्चार्ज घनश्याम प्रसाद रजक लगायतका सहइन्चार्ज र राज्य समिति सदस्य गरी ३६ जना छन् । पत्रकार सम्मेलनमा पासवानले माओवादी नेतृत्वले मधेसमा पार्टी भित्रैबाट औपनिवेशिकरण खडा गर्न खोजेको, राष्ट्रियताका नाममा वर्गीय र जातीय मुद्दालाई गौण बनाएको र छोडेको, राष्ट्रियताका नाममा दरवारिया शक्ति र संघीयता विरोधीसँग साँठगाँठ गरेको र देशलाई द्वन्द्वमा फसाएर अहिलेसम्मका सबै उपलब्धी समाप्त पार्न खोजेको आरोप लगाए । यसअघि उनीहरु एमाओवादीमा प्रबेश गर्ने तयारीमा रहेको बताइएपनि अन्तत एमाओवादीसँग पदको विषयमा सहमति हुन नसकेपछि नयाँ पार्टी गठन गरेको बताइएको छ । यद्यपी माओवादीसँग छलफल जारी रहेको बताइएको छ । @ rato pati

0 comments

तपाईंको प्रतिकृया