जेलबाट भाग्ने श्यामसुन्दर गुप्ताको प्रयास असफल
काठमाडौं, ९ असोज –ड्युटीमा रहेका प्रहरीलाई बिषालु पदार्थ खुवाई व्यापारी अपहरणको अभियोगमा जेल सजायँ भोगिरहेका सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले भाग्ने प्रयास गरेका छन ।
विरामी भएको बहानामा बनाएपछि कमलपोखरीस्थित हिमाल अस्पताल भर्ना भएका उनले त्यहिबाट भाग्ने प्रयास गरेका हुन् । प्रहरी स्रोतका अनुसार गुप्ताले बिरामी भएको नाटक गरेपछि अस्पताल पुर्याएको थियो । मंगलबार दिउँसो एक्कासी छाति दुख्यो भन्दै अस्पताल लैजान गुप्ताले अनुरोध गरेपछि उनैको आग्रहमा प्रहरीले हिमाल हस्पिटल लगेको हो ।
उनको छोरासमेत कार्यरत रहेको सो अस्पतालमा ५ जना प्रहरी गरिचालन गरिएको थियो । भाग्नको लागि उनको छोरा डा. भास्करले विशालु पदार्थ मिसाएर अखाद्य बस्तु ति प्रहरीलाई खान दिएका थिए। विशालु पदार्थ खाएर प्रहरी बेहोश भएपछी गुप्ताले भाग्ने प्रयास गरेपनि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई प्रहरीले डिल्लीबजार कारागारमा राखेको छ
व्यापारी पवन संघाइको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले झन्डै डेढ वर्षअघि भैरहवाबाट पक्राउ गरेको थियो । उनले व्यापारी संघाईको अपहरण गरि ८५ लाख फिरौती लिएर छाडेका थिए ।@ratopati

0 comments
तपाईंको प्रतिकृया