Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
समाचार प्रभावले बाटो वोटा सिल कार्य सुरु

भुवन रायमाझी
पाल्पा ,१० असोज
केही दिन अगी रुरु एफ एम गुल्मी र आसपासका मिडियाहरुले ठेक्दारको लार्पहाइले सकियन बतासे–छहरा मोटर बाटो ओटासिल यात्रु र सवारी साधनलाइ सास्ती भन्ने समाचार प्रकाशित भय पछी अहिले निमार्ण कम्पनीले चासोका साथ विहानै देखी साझ अबेर सम्म बाटो ओटासिल कार्यलाइ तिब्रता दियको छ । तानसेन–छहरा सडक अन्तर्गत बतासे दखी छहरा सम्म झण्डै ८ किलोमिटर मोटर बाटो २ वर्ष अगाडी असार मसान्त भित्र काम सक्नेगरी सम्भौता गरेको लोहनी एण्ड ब्रदर्श नामको निमार्ण कम्पनीले विभीन्न वाहना बनाइ हाल सम्म पनी बाटो पुरा गरेको थियन । मौसमले साथ नदिनु र प्रावीधीक समस्याले काममा ढिलाइ भयो तर अब हामी धेरैजसो काम दशै भित्रनै सक्छौ केही बाँकी काम दशै पछाडी सम्पन् गर्ने गरी कामलाइ तिब्रता दिएर लागेका छौ लोहनी एण्ड ब्रर्दशका प्रतीनिधी बामदेव पौडेलले जानकारी दिनु भयो । ओटासिल गर्ने समयमा सवारी साधन चल्न नमिल्ने भएकाले विहान ८ बजे दखी साझ ५बजे सम्म सवारी साधनलाइ रोक लगाउने निमार्ण कम्पनीले बताएको छ, मुख्य चाडवाड नजीकीदै र्गदा सवारीसाधन र यात्रुको चाप बढेने हुदा यात्रुहरुको समस्यालाइ मध्यनजर राखी निमार्ण कार्य गर्न बाटो अनुगमन समिति अध्यक्ष मिन प्रसाद न्यौपानेको भनाइ छ . बाटो निमार्ण हुदा जिल्ला विकास समिति जिल्ला प्राविधीक कार्यालय र स्थानीय स्तर बाट बाटोको गुणस्तरतामा प्रभावकारीता ल्याउन सबै क्षेत्र बाट चासो देखाउन पर्नेमा स्थानीय बासीले जोड दियका छन्। बाटोमा राजनिति दल समाजसेवी र जिल्लाका कृयासिल पत्रकारहरु बाट आज अनुगमन भएको छ ।

0 comments

तपाईंको प्रतिकृया