Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जितगडीको प्रचार प्रसारमा जोड

कपिल ज्ञवाली बुटवल, ११ असोज - वीरताको प्रतिक बुटवलको जीतगढी किल्ला सबैको साझा सम्पत्ती भएकोले संरक्षण र प्रचार प्रसार सबैको दायित्व भएको एक कार्यक्रममा बताइएको छ ।

अंग्रेज फौजलाई हराएको नेपालीको पहिचानको रुपमा बिकास हुदै गएको किल्लाको बर्तमान अबस्थाका कारण सबै चिन्तित बनेर सामुहिक पहल थाल्नुपर्ने उनीहरुको राय छ । सरोकारवाला निकायहरु राम्रेसंग संरषणमा नलाग्दा दिनप्रतिदिन किल्लाको अस्थित्व नै संकटमा पर्दै गएको उनिहरुको भनाइ छ । तत्कालिन कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाले अग्रेज फौजलाई बुटवलको जितगढीबाट फिर्ता पठाएर नेपाली भूमिको रक्षा गरेको किल्ला आफ्नै काखमा रहदा पनि बुटवलबासि र स्थानीय निकायले चासो नदिएकोमा यस क्षेत्रका अगुवाहरुले गहिरो चिन्ता ब्यक्त गरे ।

३४ औं विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी मिडिया फाउण्डेशन रुपन्देहीको आयोजना तथा बुटवल नगरपालिका र होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ रुपन्देहीको सहयोगमा शुक्रबार बुटवलमा भएको ‘जीतगढीको संरक्षण र पर्यटन प्रवद्र्धन ’बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले किल्ला बचाउनुपर्नेमा जोड दिएका छन् । विश्वसामु छाती फुलाएर अग्रेजलाई हराएको किल्ला हामीसंग छ भनेर समेत बुटवलबासिले भन्न नसक्नु दुःखद भएको भन्दै यसको अस्तित्व बचाउनुपर्ने बताए । कार्यक्रममा जीतगढी किल्लाका बारेमा जानकार ब्यक्ति एंव बुटवल नगरपालिकाका पूर्व उपमेयर बिमल बहादुर शाक्यले जितगढी किल्ला अथाह निधि भएको भन्दै यसको महत्वलाई प्रचार प्रसार र ऐतिहासिक चिजलाई संरक्षण गर्न नसकिएको बताउनुभयो । बुटवल नगरपालिकाका अधिकृत डोलराज पौडेलले जितगढीको बुटवलको सम्पत्ति भएको बताउदै विगतका बर्षहरुमा संरक्षणका लागि गठन गरिएको समिति क्रियाशिल नहुदा बजेट फ्रिज भएको बताउनुभयो । उहा“ले जितगढी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेकाले नगरपालिकाले आगामि दिनमा यससंग सरोकार राख्ने संघसंस्था र ब्यक्तिहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले सञ्चारकर्मीहरुले जितगढीको संरक्षण हुन सकेन भनेर आवाज उठाएपनि राजनितिक दल र स्थानीय निकायले चासो दिन नसकेको बताउनुभयो । उहा“ले जितगढीको संरक्षण नहुदा सिंगो बुटवल लज्जित हुने भएकाले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेमा जितगढीको संरक्षणका साथै पर्यटन प्रबद्र्धनमा यसले टेवा पु¥याउने बताउनुभयो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जितगढीको विकासले ब्यपारीहरुलाई समेत फाईदा हुने भएकाले निजि क्षेत्रले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

जितगढीको संरक्षण र पर्यटन प्रबद्र्धनका लागि सरोकारवालाको समेत भूमिकाको खोजि गर्नेगरि गरिएको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी मिडिया फाउडेशनका अध्यक्ष सिपि खनालल आधारपत्र प्रस्तुत गर्दै सरकारी,गैरसरकारी,ब्यवसायिक संस्थाका विचमा समन्वय गरि एकिकृत कार्यक्रम गरेमा जितगढीको संरक्षण केहि महिनामै सम्भव भएको उल्लेख गर्नुभएको छ । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठले होटल ब्यवसायिहरुलाई जितगढीको बारेमा जति चासो भएपनि नगरपालिकाले चासो नलिएको भन्दै काम नगर्ने भए ।

गो टु ईन्टरनेशनल प्रोजेक्टका यादव भण्डारीले विश्व बजारमा जितगढी जस्तो ऐतिहासिक थलोको प्रचार हुन नसक्नुमा राज्यको कमजोरी भएको भन्दै नेतृत्व लिन नगरपालिका समक्ष अनुरोध गर्नुभयो । कार्यक्रममा राजनितिक पार्टीका तर्फबाट एमाओबादीका प्रेम गुरुङ,नेपाली काग्रेसका लक्ष्मण आचार्य र नेकपा एमालेका रामचन्द्र क्षेत्रीले जितगढी ऐतिहासिक थलो भएकोमा दुईमत नै नभएको बताउदै यसको लागि आगामी दिनमा संरक्षणका लागि केन्द्रिय बजेट पार्ने बिषयमा आफ्नो दलहरुमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि राजकुमार बैदवार,मणिमुकुन्दसेन उद्यान बुटवल फुलबारीका महासचिव रमेश नेपाल,होटल तथा रेष्टुरेन्ट ब्यवसािय संघ रुपन्देहीका महासचिव समुन्द्र जिशि,लुम्बिनी विकास सरोकार मञ्चका कविता अधिकारी लुम्बिनी मिडिया फाउन्डेशनका महासचिव लक्ष्मण पोखरेल लगायतले बोल्दै जितगढीले विरताको प्रतिक,अग्रेज विरुद्धको निशाना र बुटवलको पर्यटन प्रबद्र्धनको सम्भावना बोकेकाले यसको संरक्षण र त्यसको ऐतिहासिक महत्वलाई बचाउन स्थानीय निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।


0 comments

तपाईंको प्रतिकृया