सिद्धबाबामा ढुङ्गाले थिच्दा १ को मृत्यु,१ गम्भिर
पाल्पा, १२ असोज
बुटवल—पाल्पा शडकखण्ड अन्तर्गत केहि समय अगाडि सिद्धबाबा नजिकैको भिरबाट पहिरोसंगै खसेको ढुङ्गाले थिच्दा पाल्पा दोभान ७ पानीमिल निबासी मोटरसाइकल चालक २५ बर्षिय पदम बिकको घटनास्थलमै ज्यान गएको छ । बुटवलबाट पाल्पा जादै गरेको ध १ प १२४६ नम्बरको मोटरसाइकलमा पछाडी सवार सोहि स्थानकै १५ बर्षिय सरिता बिक गम्भिर घाइते भएकी छन् । उनि पदमकी भतिजी हुन् । उनको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार शुरु भएको दोभान प्रहरीका प्रहरी निरिक्षक धीरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया