Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल र पाकिस्तानको खेल बराबरी

काडमाडौ, १८ भाद्र । राजधानीमा जारी आठौँ साफ च्याम्पियनसीप फुटबलमा नेपाल र पाकिस्तानबीचको खेल बराबरी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा १४ औं मिनेटमा पाकिस्तानले अग्रता लिए पनि दोस्रो हाफको अतिरिक्त समयमा बिमल घर्तिमगरले बराबरी गोल फर्काउनु भएको हो । यसअघि पहिलो हाफको १४आँै मिनेटमा पाकिस्तानका हसन बसिरले फ्रि किकमार्फत गोल गर्नुभएको थियो ।

यस्तै आज भएको समूह ए कै पहिलो खेलमा भारत र बंगलादेशले एक एक गोलको बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हलचोक मैदान भएको खेलमा बंगलादेशका आतीकुर रहमानले गोल गर्दै अग्रता दिलाए पनि भारतका सुनिल क्षेत्रिले खेलको अन्तिम मिनेटमा फ्रिकिक मार्फत बराबरी गर्नु भयो ।

0 comments

तपाईंको प्रतिकृया