Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सेनेटरी ल्याडफिल्ड साईड संचालनमा रोक

कृष्ण कार्की,  पाल्पा ३ असोज ।  तानसेनको फोहर व्यवस्थापनका लागि तानसेन १२ सम्मोवारीमा स्थापना गरेको सेनेटरी ल्याण्डफिल्ड साईड बन्द हुने भएको छ ।

तानसेन नगरपालिका कार्यालयले तानसेनको फोहर व्यवस्थापन गर्न भनि साईड निर्माण गरेपनि को सेनेटरी ल्याफिल्ड साईडको व्यवस्था अनुसार फोहर व्यवस्थापन नगरेकोले असोज ४ गते देखि साईड बन्द गर्ने निर्णय गरेको सेनेटरी ल्याफिल्ड साईड समन्वय समितिका अध्यक्ष विष्णु कार्कीले वताउनु भयो ।

समन्वय समितिका सदस्य शिवबहादुर खत्रीकाले पटक पटक सेनेटरी ल्याण्डफिल्डको व्यवस्थाअनुसार फोहर फेक्न आग्रह गर्दा नसुनी फोहर डम्पीङ्ग साईडका रुपमा प्रयोग गरेकावताउदै त्यसवाट विभिन्न समस्या समेत खेप्न परेको गुनासो गर्नु भयो ।

तानसेन नगरपालिकाले सेनेटरी ल्याण्डफिल्ड साईडको अवधारणा अनुसार फोहर व्यवस्थापन गर्ने अवस्था नबन्दाजेल फोहर फेक्न नदिन निर्णय सहितको पत्र तानसेन नगरपालिकामा बुझायको र बोदार्थका रुपमा जिल्ला प्रशासन कार्यालयमा पठाएको समितिले जनाएको छ ।

साईडमा नगरपालिका साईडमा फोहर विर्सजन गर्न सुरु गरेको एक बर्ष नवित्दै (३४३ दिनमा) यस्तो अवस्था र्सिजना भएको हो । यस अहि प्रभावित क्षेत्रका वासिन्दाले समस्या राख्दा नगरपालिका गम्भीर नभएको वताईएको छ ।


0 comments

तपाईंको प्रतिकृया