आठौं जनरल चोई स्मृति आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी पुरा
पाल्पा, २७ भदौ । भाद्र २८ र २९ गते नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (नेपाल आइटिएफ)को आयोजना तथा पाल्पा आइटिएफ तेक्वान्दो संघको व्यवस्थापनमा तेक्वान्दोका जन्मदाता स्व. जनरल चोई होङ्ग हीको स्मृतिमा भोलिदेखि हुने आठौं जनरल चोई स्मृति आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगितामा स्पारिङ्ग, प्याट्रन, सेल्फ डिफेन्स्, स्पेशियल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाँच विधाहरुमा १ सय ४ स्वर्ण, १ सय ४, रजत र १ सय ४० काँस्य गरी जम्मा ३ सय ४८ पदकको लागि करिब ६ सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्ष सम्मको जुनियरतर्फ महिला तथा पुरुष र १४ वर्ष भन्दा मुनिका बालबालिकाहरुको बल्याक बेल्ट तथा कलर बेल्टहरुको छुट्टाछुट्टै क्याटेगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको महासंघका महासचिव तथा प्रतियोगिता संयोजक रेवतबहादुर रानाले आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनभुयो । प्रतियोगिता भोलि बिहान साढे ७ बजेदेखि साँझ साढे ६ बजेसम्म र शनिबार पनि हुनेछ ।
प्रतियोगितामा ५ सय १३ जना खेलाडी, रेफ्रि ३५ जना, अफिसियल १ सय २५ जना सहभागी रहनेछन् । प्रतियोगिताको उद्घाटन नेपाल प्रहरी महानिरीक्षक कुवेर सिं रानामगरबाट भाद्र २८ गते दिउँसो साढे १२ बजे तानसेन टुँडिखेलमै हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट परिषद्का सदस्य रेशमलाल लामा र परिषद्का खेलकुद विकास विभागका विभागीय प्रमुख प्रकाशचन्द्र घिमिरे विशिष्ट आतिथिको रुपमा सहभागी रहनु हुने पाल्पा आइटिएफका अध्यक्ष निरबहादुर सारुले जानकारी गराउनुभयो । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अग्रज पत्रकार झपेन्द्र गहिरे, पत्रकार महासंघ जिल्ला सचिव रेखीराम राना, पत्रकार देव पचभैयालगायतले पाल्पामा हुने प्रतियोगिताले खेलाडीको मनोवल बढाउनुकासाथै खेल पर्यटनको विकासमा सहयोेग पुग्ने बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया