नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ को चुनाव विथोल्न आन्दोलन घोषणा
काठमाडौं, १० असोज- नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ को चुनाव विथोल्न आमहड्तालसहितका आन्दोलन घोषणा गरेको छ । मोर्चाले माओवादीले पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोना गरी असोज १३ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्तालसहितका आन्दोलनका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रम अनुसार कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आमहड्तालको घोषणा गरिएको छ । यस्तै कात्तिक १३ गते सबै जिल्ला निर्वाचन कार्यलयलाई कार्यान्वयन नगर्न सचेतता पत्र बुझाउने, १६ गते चुनाव बहिस्कारको प्रचार गर्ने र १७ गते चार दलका शीर्ष नेताहरुको जलाउने कार्यक्रम रहेको माओवादी सचिव देब गुरुङले पत्रकारसम्मेलनमा जानकारी दिए । यसैगरी असोज १९ गतेदेखि कात्तिक १ गतेसम्म घरदैलो अभियान चलाउने र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई चुनावमा साथ नदिन अपील गर्ने घोषणा गरेका ३३ दलीय मोर्चाले कात्तिक २ गतेबाट उम्मेदवारलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने, उम्मेदवारको घर अगाडि कालो झण्डा गाढ्ने र सामाजिक बहिस्कार अभियान सञ्चालन गर्ने बताएको छ ।@ratopati.com


0 comments
तपाईंको प्रतिकृया