मंसिर चार गतेको चुनाव अघि बढाउन आग्रह
काठमाण्डौ १ असोज । उच्चस्तरीय राजनीतिक समितिले मंसिर चार गतेको चुनावका लागि प्रक्रिया अघि बढाउन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरेको छ। नेकपा–माओवादी नेतृत्वको मोर्चासंग सहमतिको सम्भावना क्षीण भएको जानकारी गराउँदै समितिले चुनावी प्रक्रिया अघि बढाउन आग्रह गरेको भेटमा सहभागी एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो।
बिहानै अध्यक्ष निवास बालुवाटार पुगेका समितिमा आबद्ध दलका नेताहरुले नेकपा–माओवादी नेतृत्वको मोर्चाले राखेको अडानका बारेमा अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए। मोर्चाले रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन र चैतामा निर्वाचन सार्न समितिलाई आग्रह गरेको थियो। यसैबीच, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल दोस्रो पटक उच्चस्तरीय राजनीतिक समितिको संयोजक बन्नु भएको छ। महिनैपिच्छे पालैपालो नेतृत्व गर्ने सहमति अनुसार काँग्रेस सभापति सुशील कोइरालाको पालो सकिएपछि अध्यक्ष खनाल स्वतः नेतृत्वमा पुग्नु भएको हो।

0 comments
तपाईंको प्रतिकृया