Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पार्टी एकीकरणको प्रयास जारीः प्रचण्ड




काठमाडौं, ९ असोज –एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले जनताले आफ्नो पार्टी र वैद्य माओवादी एक भएको हेर्न चाहेकाले पार्टी एकीकरणको प्रयास जारी रहेको बताएका छन् ।
बुधबार बैद्य माओवादीबाट पार्टी प्रबेश गरेका नेताहरुलाई स्वागत गर्दै प्रचण्डले बैद्य संग छुट्एिपनि पार्टीका अजेन्डाहरु एउटै भएकाले मिलेर जानुपर्नेमा जोड दिए ।उनले पार्टी प्रवेश गर्नेहरुको लहरै चलेको भन्दै आगामी संविधानसभाको निर्वाचनमा एमाओवादीले बहुमत ल्याउने दोहोर्याए ।
२ वटै पार्टी मिलेर जाने हो भने आगामी संविधानसभाको चुनाबमा आफूहरु उचाईमा पुगिने विश्वास व्यक्त गर्दै उनले संविधान निमार्णको मुख्य जिम्मेवारीमा सहभागी हुन बैद्य माओवादीलाई आग्रह गरे ।
कार्यक्रममा वैद्य माओवादीका तीन केन्द्रीय सदस्य, हरि ज्ञवाली, महेन्द्र पासवान र रवीन्द्र पटेल एकीकृत माओवादी प्रवेश गरेका हुन् ।
@ratopati

0 comments

तपाईंको प्रतिकृया