Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ठेकेदारका कारण पुल निर्माण कार्य अलपत्र



पाल्पा ३ असोज ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा पुर्वि पाल्पाका जनताहरु जोखिम पुर्ण तरीकाले खोला तर्न बाध्य भएका छन । गल्धा गाउ विकास समितिमा पर्ने निस्दी खोलामा समयम पुल निर्माण नहुदा गल्धा, मित्याल, झिरवास गाविसमा खाधान्य तथा दैनिक उपभोग्य बस्तुको ओसार पसार मात्र नभई आवत जावत गर्न समेत कठिन हुदै आएको छ ।
जिल्ला विकास समितिको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा २०६८ साल चैत्र १५ गते पुल निर्माणको ठेक्का २०७० साल अषाड मसान्त सम्म सक्नु पर्ने सम्झौता भएतापनि ठेकेदार कम्पनीले हाल सम्म १० प्रतिशत काम समेत गरेको छैन । चाङ्गिला गोर्खा जे. भी. को तर्फ बाट भरत पोखरेलले २०७० अषाड मसान्तमा सक्ने गरी १ करोड ६० लाखमा ठेक्का सम्झौता गरेका थिए । ठेकेदारले समयमै काम नगरी सम्पर्क विहिन भएपछि पुल निर्माण नहुने होकी भन्नेमा स्थानीय जनाता चिन्तीत हुन थालेका छन ।

हिउद महिनामा समेत खोला तर्न मुस्किल पर्दै आएको र बर्षायाममा खोला तर्न खोज्नु भनेको ज्यानको बाजी लगाएर भगवान भरोसामा मात्र तर्न मिल्ने खोलाको अवस्था रहदा समेत पुल निर्माण जस्तो कार्यमा लापरवाही गरेका देख्दा अनुगमन समेत राम्रो नभएको स्थानीयवासीको आरोप छ । ठेकेदार पक्षले स्थानीयवासीको महिनौ सम्म काम गरेका ज्याला समेत नदिई सम्पर्क विहिन बनेको छ । हजारौ जनताको लागी खाधान्य ओसार पसार मात्र होईन , विधालयका विधार्थीहरु, शिक्षक अभिवाभकहरु लाई समेत खालाको कारण आवत जावत गर्न कठिनाई भएको छ ।

पाल्पा जिल्लाको मात्र नभई छिमेकी जिल्ला नवलपरासीका पहाडी गाविसका जनताको आवत जावत गर्ने मुख्य सडक रहेको अवस्थामा समेत जिविस र प्राविधिक कार्यालयले ठेकेदार लाई राम्रो संग काम गराउन नसकेको स्थानीय जनताको गुनासो रहेको छ ।
ठेकेदार पक्ष सम्पर्क विहिन बनेपछि स्थानीयवासीहरुले सदरमुकाम तानसेनमा पुगी जिविस र प्राविधिक कार्यालयमा लिखित देखी मौखिक अनुरोध गर्दा समेत समयमा काम नभएको स्थानीयबासीहरुको भनाई रहेको छ । ४१ मिटर लम्वाई रहेको पुल निर्माणको लागी १ वटा पिल्लरको खाडल खनिएपनि बर्षाको कारण खाडल पुरानै अवस्थामा आएको छ । ठेकेदार पक्षलाई पटक पटक ताकेता गरेतापनि ठेकेदारले लापरवाही गरेको जिल्ला प्राविधिक कार्यालय पाल्पाले जनाएको छ ।

निर्माण कम्पनीको लापरवाही र दादागिरीका कारण स्थानीयवासीलाई परेको मर्का कसले सुन्ने, यस्ता ठेकेदार लाई नत सरकारले कारवाही गरेको छ नत जिविसले नै कारवाही गरेको छ । समयमा पुल नबन्दा आवत जावत गर्ने विधार्थीहरुको दिनहु निगरानी गर्नुपरेको विधालयका शिक्षकको भनाई छ ।

पुल निर्माणको रकम निकासा गर्ने देखी अनुगमन गर्ने जिम्मेवारी पाएको जिविस र प्राविधिक कार्यालयको वेवास्ताको कारण ठेकेदार पक्ष काम पुरा नगरी सम्पर्कविहिन पुगेको छ ।

0 comments

तपाईंको प्रतिकृया