Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कोक, फेण्टा र स्प्राइटमा अखाद्य वस्तु


काठमाण्डौ २ असोज । बोटर्लस नेपालले मिति गुजि्रसकेका र अखाद्य वस्तु मिसाइएका आफ्ना उत्पादन रातको समय पारेर मिलेमतोमा खपत गराउने गरेको पाइएको छ।

बोटलर्स नेपालका उत्पादन कोक, फेण्टा र स्प्राइटमा अखाद्य वस्तु मिसाइएको र मिति गुजि्रसकेका सामग्री पनि बजारमा पठाउने गरेको पाइएपछि सरकारी निकायले गरेको अनुगमनमा यस्तो रहस्य खुलेको हो।

हिमालय टेलिभिजनले बोटलर्सका उत्पादनका बारेमा सामग्री प्रशारण गरेपछि सरकारी निकाय पनि चनाखो बनेका छन्। सरकारी अधिकारीहरुले गरेको अनुमगनका क्रममा बोटलर्स नेपालले जनस्वास्थ्यमाथि गम्भीर खेलांची गरेको पर्दाफास भएको छ। बजारका हरेकजसो पसलमा विक्रीका लागि राखिएका बोटर्लस नेपालका उत्पादन म्याद गुजि्रएका र स्वास्थ्यका लागि हानिकारक भेटिएको छ।

सरकारी अधिकारीहरुले बोटर्लस नेपाललाई सम्बन्धित कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएका छन्। बजारमा फेला पारिएका केही उत्पादन नष्ट गरिएपनि त्यस्ता उत्पादनहरु बजारमा जाने क्रम नरोकिने संभावना देखिएपछि कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको सरकारी अधिकारीहरुले बताएका छन्।

0 comments

तपाईंको प्रतिकृया