जनताको संविधान बन्छ : रायमाझी
पाल्पा, १२ असोज । एकीकृत नेकपा माओवादी नेता तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीले अगामी संविधान सभा निर्वाचनमा संघीय पक्षधरले दुईतिहाइ बहुमत ल्याएमा देशमा जनताको संविधान बन्ने बताएका छन् । संघीय पक्षधरले दुईतिहाइ बहुमत ल्याएमा देश १० वर्षमै परिर्वतन हुने र जनताले संघिय पक्षधरलाई संविधान सभा निर्वाचनमा दुईतिहाई बहुमत दिएर जनताको अधिकार सुनिश्चित गर्न खोजेको उनले बताए ।
अहिले सघीय पक्षधरले विजय हासिल गर्नु नसकेको अवस्थामा देशको ठूला हार हुने र देश खतरा मोडमा पुग्ने उनले बताए । हाम्रो मात्र हार हुदैन, हाम्रो सन्तानको समेत हार हुने भएकाले जनताको एजेण्डा जिताउन सवै लाग्नुपर्ने धारणा नेता रायमाझीले राखेका थिए ।
भगवती उच्च माध्यमिक विद्यालय पाल्पा सोमादीको ५४ औं वाषिकोत्सव समारोहलाई उद्घाटन गदै उनले संविधान सभाबाट संविधान नबन्नु माओवादीको दोष छैन् । नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशले संविधान नपाएको हो । एकीकृत नेकपा माओवादीका एजेण्डा जनताका एजेण्डा भएकाले आगामी संविधान सभा निर्वाचनमा जनताले बहुमत ल्याउन गरी मतदान गर्ने बताए । जनताले एमाओवादीलाई सरकार चलाउने स्पष्ट बहुमत दिनेछन् ।
अहिले नेपाली कांग्रेसले एउटा धारको नेतृत्व गरेको छ भने अर्को धारको नेतृत्व एमाओवादीले गरेकाले एमालेलाई ठूलो घाटा लाग्ने बताउनुभयो । संविधान सभा निर्वाचनपछि नेकपा एमाले विर्सजनवाद तिर लाग्ने बताए ।
कार्यक्रममा एकीकृन नेकपा माओवादी पाल्पाका सचिव नेत्र पाण्डे, द्यिालय निरिक्षक रमाक्रान्त अर्याल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, तथा स्थानीय विद्यालयका शिक्षकहरुले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए । सो कार्यक्रममा विद्यालयका प्राचार्य रामप्रसाद पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले गरेका थिए ।

.jpg)
0 comments
तपाईंको प्रतिकृया