Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिरोधले चुनाब रोकिन्न: बिष्ट

कपिल ज्ञवाली  बुटवल, २८ भदौ ।  नेकपा एमालेका केन्द्रीय सदस्य गोकण विष्टले वैद्य माओवादीले जतीसुकै अवरोध गरे पनि मंसिर ४ गते हुने संविधानसभा निर्वाचन नरोकिने बताउनुभएको छ । उहाले मंसिर ४ को निर्वाचनलाई नसार्ने गरी – माओवादीलाई स्पेश दिनुपर्छ तर उसको कारणले निर्वाचन रोक्नै नहुने र नरोकिने दावी गर्नुभयो ।

खिलराज रेग्मीले राजीनमा दिएर – माओवादी निर्वाचनमा आउने भए त्यसमा दलहरुले बोटो खुला र्गुपर्ने उहाको तर्क छ । प्रेस चौतारी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले संविधानसभा जस्तो देशको कानुन बनाउने निर्वाचन रोकेर – माओवादीलाई कूनै फाईदा नहुने बताउनु भयो । मुलुकलाई राजनैतिक निकास दिन संविधानसभा निर्वाचनको विकल्प अरु केही नभएकाले निार्वाचनमा आउन नेता विष्टले – माओवादीलाई आग्रह गर्नुभयो ।

संविधानसभा निर्वाचन मुलुकको हितमा भएकाले – माओवादीले मुलुकको हित चाहेको भए निर्वाचनमा आउनुपर्ने बताउनुभयो । उहाले एमालेको चुनावी घोषणा पत्र ड्राफको प्रकृयामा रहेको जानकारी गराउदै केही दिनमा अन्य दलहरुको भन्दा जनपक्षीय घोषणा पत्र जनतावीच लैजाने बताउनु भयो । उहाले एमालेले मुलुकलाई स्वाधिन र समवृद्वि बनाउन सक्ने खालका एजेण्डाहरु चुनावी घोषणा पत्रमा उल्लेख गरिने बताउनु भयो । पूर्व मन्त्रीसमेत रहनुभएका नेता विष्टले विचार र कार्यक्रमका कारण आगमी संविधानसभा निर्वाचनबाट एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया