नेपाली कांगैसमा भाँडभैलो, पार्टी कार्यालय पाल्पामा पनी तालाबन्दी
पाल्पा, १६ असोज । नेपाली कांग्रेस पाल्पा क्षेत्र–१ का कार्यकर्ता संविधान सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्न गाउँ गाउँमा नजाने निर्णय गरेका छन् । उनीहरुले बुधबार जिल्ला पार्टी कार्यालयमा निर्वाचन क्षेत्र १ का सवै कार्यसमिति र सवै गाउँ कमिति अध्यक्षले सामुहिक राजीनाम दिएका हुन ।
प्रत्यक्ष उमेदवारमा पाल्पा–१ का लागि रमण थापालाई नेपाली कांग्रेसको संसदी समितिले संविधान सभा निर्वाचनमा टिकट दिने निर्णय गरेको थियो राता रात रमण थापाको नाम हटाएर सीता देवकोटाको नाम सिफारिस गरेपछि क्षेत्र १ का कांग्रेसका कार्यर्ताहरुले विरोधमा उर्तिएका हुन ।
पुर्बका असन्तुष्ट कार्यार्ता जिल्ला सदरमुकाम तानसेन आएर जिल्ला कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले पाल्पा–१ मा रमण थापालाई प्रत्यक्षको उमेदवार दिनुपर्ने भन्दै आन्दोलन गरेका हुन । कार्यकर्ताले चोर कांग्रेस चाहिदैन, टुरिष्ट कांग्रेस चाहिदैन, सिता देवकोटा चाहिदैन भन्दै नाराबाजी गरेका थिए ।संविधान सभा निर्वाचनमा पाल्पा–१ रमण थापाले नै टिकट नपाउदा सम्म कार्यालयमा तालाबन्दी गरेको क्षेत्रिय सभापति सन्तोष थापा मगरले बताए । उनले भने–‘माग पुरा नहुदासम्म कांग्रेसका कार्यकताले प्रचारप्रसार गर्न गाउँगाउमा जादैनौं ।’उनीले भने –क्षेत्रिय समितिका सवै पदाधिकारी, सदस्य, र गाउँकमिटि अध्यक्षहरुले सामुहिक राजीनामा आजैबाट दिएका छौं । उनीले भने गाउँमा रहेका कार्यकर्तासित राजनीनाम दिने विषयमा मोवाइलमा कुराकानी भएको छ । नेपाली कांग्रेसको संसदी बोडले गरेको निर्णय अनुसार नै रमण थापालाई टिकट दिनुपर्ने माग उनीहरुको छ ।
क्षेत्रिय सचिव ज्ञानप्रसाद अर्याल सीता देवकोटा उमेदवार कुनै हालमा पनि मान्य नहुने बताएका छन् । पुर्वी पाल्पाका कांग्रेस कार्यकर्ता झण्डै एक सयको हाराहारी पार्टी कार्यालय घेराउ गर्ने थाहा पाएपछि जिल्ला अध्यक्ष विरबहादुर राना, हरि नेपाल त्यहाँबाट बाहिरिएका थिए । थापालाई उमेदवार हटाउनु कार्यकर्ताको भावना र मर्म विपरित कार्य भएकाले तत्काल सच्चाउनुपर्ने बताए । यस्तो विरोधले कांग्रेसलाई कमजोर बनाउने भएको छ । पाल्पा कांग्रेसबाट पाल्पा–१ मा सीता देवकोटा, २ मा विरबहादुर राना, ३ मा हरि नेपाल प्रत्यक्षमा टिकट पाएका छन् ।


0 comments
तपाईंको प्रतिकृया