Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाल्पा निर्वाचन क्षेत्र ३ मा एमाओवादीद्धारा १ सय ५१ सदस्यीय प्रचारप्रसार समिति गठन


तानसेन, २४ असोज । एकीकृत नेकपा (माओवादी) पाल्पा निर्वाचन क्षेत्र ३ मा विन्दु रावलको संयोजकत्वमा १ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ । बिहिबार पाल्पाको तानसेनमा बसेको एमाओवादीको क्षेत्रिय समितिले रावलको नेतृत्वमा प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।

समितिका अन्य सदस्यहरुमा रहेश काफ्ले, विश्व काफ्ले, पदम पौडेल, राधा पौडेल। विष्णु गैर, बालकृष्ण विब, पुरन महर्जन, भीमलाल भट्टराई, निर्मला भट्टराई, भैरव पुन, मुक्ति न्यौपाने शसी श्रेष्ठ, जग्गु बराल, टेक कार्की, ठाकुर कार्की, नारायण शाही, इन्दिरा पन्थी, सुनिता केसी, राजु जिसी, नारायण न्यौपाने, चन्द्र केसी, ओम गेरै बालकृष्ण ढकाल, बासुदेव खड्का, विकास खनाल विष्णु खाती, राजु खाती दिलराज न्यौपाने, विजय दर्नाल, यम भण्डारी, रहेका छन् ।

त्यसैगरी देवबहादुर रावल, गोकुल पौडेल, रवी विष्ट, भुपाल खनाल, प्रमेश्वर खनाल, नवीन घिमिरे, सुरेश विष्ट, रमेश घिमिरे, सन्तोष खड्का, केशव खड्का लगायतका रहेका छन् । जिल्लाको पश्चिमी गाविस सहित तानसेन नगरपालिका पाल्पा निर्वाचन क्षेत्र ३ पर्दछ ।

एमाओवादीले पाल्पाका ३ मा संविधान सभा निर्वाचनमा विजय हाँसिल हुने भएपछि प्रचार प्रसारलाई तीव्र गति प्रदान गरेको छ । रावलको नेतत्वमा प्रचारप्रसारको काम सुरु भएको एमाओवादीले जनाएको छ । संविधान सभाबाट संविधान, संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर माओवादी गाउँ गाउँ पुगेको छ ।
यसैबीच एमाओवादीले तानसेन नगरपालिकामा विशेष कमिटि गठन गरेको छ । जसको संयोजकका केशव पौडेल संयोजकत्वमा १५ सदस्य विशेष कमिति गठन गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया