नेपाली दूतावास कर्मचारीको तलब बृद्धि र बीमाको व्यवस्था गर्न सरकार तयार
काठमाण्डौ २५ असोज ।
अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बिभिन्न देशमा रहेका नेपाली दूतावासमा कार्यरत कर्मचारीको तलब बृद्धि र बीमाको व्यवस्था गर्न सरकार तयार रहेको बताउनु भएको छ।
अमेरिकास्थित नेपाली दूतावासले गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले दूतावास र कुटनीतिक नियोगहरुले भोगेको समस्याबारे लिखित रुपमा सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयो। उहाँले चुनाव संगसंगै देशमा सुशासन कायम हुने बिश्वास व्यक्त गर्नुभयो। राजदूत डाक्टर शंकर शर्माले भीसा प्रणाली अनलाइन नहुँदा नेपालीहरुले झन्झट व्यहोर्नु परेको बताउनु भएको थियो।


0 comments
तपाईंको प्रतिकृया