नेपाली जनताको बलिदान र त्यागबाट मात्र संविधानसभाको निर्वाचन सम्भवः अध्यक्ष प्रचण्ड
धरान, ७ कार्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले हजारौं नेपालीको बलिदान र त्याग तपस्याबाट मात्र संविधानसभाको निर्वाचन सम्भव भएको बताउनु भएको छ । चुनावी अभियानअन्तर्गत आज सुनसरीको १ नम्बर क्षेत्रीय समितिको धरानमा आयोजित चुनावी आमसभामा बोल्दै उहाँले पहिलो संविधानसभाको निर्वाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भए पनि संविधान बन्न नसकेको प्रति दुःख ब्यक्त गर्नुभयो । विश्वमा कहीँ पनि दोस्रो पटक संविधानसभाको निर्वाचन नभएको भन्दै उहाँले नेपालमा अपवादको रुपमा दोस्रो पटक संविधानसभाको निर्वाचन हुन लागेको उल्लेख गर्नु भयो ।
लामो समयको संघर्षपछि मात्र नेपालमा संविधानसभाको लागि निर्वाचन भएको बताउँदै उहाँले सबै नेपाली जनताले पहिचान र अधिकार पाउनु पर्नेमा जोड दिनुभयो । अहिले आफुलाई पहिचान र संघीयताका पक्षधर भन्ने दलहरु नै संघीयता र पहिचान विरोधी भएको बताउँदै उहाँले उनीहरु अहिले लोकतान्त्रिक गणतन्त्र मान्न बाध्य भएको दाबी गर्नुभयो ।
संविधानसभा र जनाताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आफुहरुको एजेण्डा भएको भन्दै संघीयताको असली पक्षधर एकीकृत नेकपा (माओवादी) मात्र भएको स्पष्ट पार्नुभयो ।
उहाँले अघिल्लो संविधानसभाबाट राज्यको पुर्नसंरचना र प्रत्यक्ष निर्वाचनबाट निर्वाचित कार्यकारी राष्ट्र«पतिको शासन गर्ने प्रणालीका कारण संविधान बन्न नसकेको उल्लेख गर्नु भयो । दोस्रो संविधानसभाको निर्वाचनपछिको ६ महिनाभित्रमा पनि संविधान नबने संविधानसभाको फुल हाउसमा गएर भोटिङका आधारमा जनतालाई संविधानसभा उपलब्ध गराउने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

0 comments
तपाईंको प्रतिकृया