Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुलुकका बिभिन्न ठाउमा भएका फरक फरक घटनामा ८ को मृत्यु ,१५ घाइते ,१ बेपत्ता

काठमाडौ ३०, असोज । मुलुकका बिभिन्न ठाउमा भएका फरक फरक दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । त्यस्तै १५ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् ।
सोलुखुम्बुमा हिम पहिरोमा परी केरुडा २ का कुक पाल्देन तामाङ र सहयोगी राम तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । वेपत्ता भएका होटल सञ्चालकको भने नाम खुल्न सकेको छैन ।

पहिरोमा परी अन्य १३ जना सामान्य घाइते भएका छन् । सोलुखुम्बुको बरुञ्चे हिमाल जाने क्रममा खोम्दादिन र सेतो पोखरीको बीचमा रहेको एक होटलमा बसिरहेको बेला माथिबाट आएको हिम पहिरोमा पनि दुई जनाको ज्यान गएको हो ।
सोमबार भएको घटना मौसम खराब भएकाले आज मात्र थाहा भएको छ । घाइतेहरुलाई उद्धार गरी आज लुक्ला ल्याइएको छ । त्यस्तै सप्तहरीको भडाँह–६ पठौनामा मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ । मुत्यु भएकाहरुको भने सनाखत हुन नसकेको सप्तरी प्रहरीले जनाएको छ ।

यसैविच रुपन्देहिको देवदहमा मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकलको पछाडी सवार बुटवलकी २४ वर्षिय रस्मा मंग्सरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाईते मोटरसाईकल चालक सोहि ठाउका २८ वषिय अक्तर मंग्सरीको लुम्बीनी अन्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बुटवलमा लु १ ख ६७५४ नम्बरको बसले लु १० प ५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सरिना गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडी सवार टेकबहादुर गुरुङ घाइते हुनुभएको छ । उहाँको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

0 comments

तपाईंको प्रतिकृया