रहेनन् साहित्यकार जगदिश घिमिरे
काठमाण्डौ १४ कात्तिक, । चर्चित साहित्यकार जगदिश घिमिरेको बिहीवार बिहान निधन भएको छ । ८ बर्षदेखि माइलोमा क्यान्सर(रक्त क्यान्सर)बाट पिडीत घिमिरे पछिल्लोपटक दशैं अगाडीदेखि ओम अस्पतालमा उपचार गराइ रहेका थिए । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार बिहान ६ बजेतिर उनलार्इ चिकित्सकले मृत घोषित गरेका थिए । उनको आजै बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
क्यान्सर लागेको थाहा पाएपछि घिमिरेको लेखेको आत्मालाप कृति ‘अन्तरमनको यात्रा’ निकै लोकप्रिय भयो जसले २०६४ सालमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो । उनको ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् । अघिल्लो बर्ष उनले प्रकाशन गरेको उपन्यास ‘सकस’ राम्रो कृतिका रुपमा दरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया