Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनमुखी संविधान बनाउनका लागि एकीकृत नेकपा माओवादीले दुई तिहाई बहुमत ल्याउछः कुशल

पाल्पा, २१ असोज । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य बशन्त शर्मा (कुशल) ले जनमुखी संविधान बनाउनका लागि एकीकृत नेकपा माओवादीले दुई तिहाई बहुमत ल्याउने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक पार्टीले जनमुखी संविधान बनाउन नचाहेका कारण देशले संविधान पाउन नसको उनले बताए ।

संविधान सभाको एजेण्डा नै एकीकृत नेकपा माओवादीको भएकाले संविधान सभाबाट संविधान बनाउने अभियानमा जनतालै एमाओवादीलाई बहुमतले विजय गराउने बताए । पाल्पा निर्वाचन क्षेत्र २ का एकीकृत नेकपा माओवादीका उमेदवार बशन्त शर्मा कुशलले देशका उत्पीडित जनताको अधिकार संविधानमा नै उल्लेख गर्नका लागि भारी मतले जनताले एमाओबादीलाई विजय गराउने बताए ।

पाल्पाको मस्याम गाविसमा कार्यकर्ता सम्वोधन गर्दै नेता शर्माले उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउनका लागि उनीहरुको हकअधिकार संविधानमा उल्लेख गर्नुपर्ने बताए । राज्यको निर्णायक तहमा उनीहरुको सहभागीता गराउन संविधान सभा निर्वाचनबाट संविधान बनाउनै पर्नै उनले बताए ।

यसैबीच एकीकृत नेकपा माओवादीका नेता बसन्त शर्मा कुशलको नेतृत्वमा घरदैलो अभियान गरेका छन्। अभियानमा पाल्पा निर्वाचन क्षेत्र ३ की समानुपातिकतर्फ उमेदवार तुल्सी राना, क्षेत्रिय अध्यक्ष प्रभाव आरसी, योङ्ग कम्युनिष्ट लिगका जिल्ला अध्यक्ष कृष्ण भुषाल लगायतका टोली मस्याम वडा नम्वर ७ मा घरदैलो अभियान गरेका हुन । यसैबीच पालपाको दोभान वडा नम्वर २ मा भेला मगराँत समिति सदस्य प्रमोद धिताल, इलाका इन्चार्ज राजेश श्रेष्ठको अध्यक्षमा सम्पन्न भयो ।

0 comments

तपाईंको प्रतिकृया