Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जिप दुर्घटना हुदा ४ को मृत्यु १० घाइते

पाल्पा ७ कार्तिक । सदरमुकाम तानसेनबाट बिहीबार दिउंशो जिल्लाको पूर्वी भेग जल्पाका लागि छुटेको लु.१. ज. १२३० नम्बरको जीप चिदीपानीको भुटुकेमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी बहादुरपुर–९ की ६३ वर्षिय भूमीसरा बाह्रघरे, जल्पा–७ की २६ वर्षिय ज्ञानीसरा सारु र जल्पा–९ कै ८६ वर्षका बदलसिं सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै जल्पा–७ का जिप चालक ५० वर्षका चन्द्रबहादुर बाह्रघरेको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । चिर्तुङ्धाराको चिलाङ्दीबाट पेन्सन लिई फर्कदा जीपमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा सवार अधिकांश भारतीय भूतपूर्व सेनाका सेवा निवृत्त भएका परिवार रहेको पाल्पाका प्रहरी प्रमूख स्थानेश्वर रेग्मीले बताउनुभयो । दुघर्टनामा परी देवीनगरका धर्मराज कुँवर, जल्पाकी ममता कुँवर, सोही गाविसकै कृष्ण राना, शेरचन सारु, भिमकुमारी सारु, बहादुरपुरकी उमीसरा मगर, हुमिनका बसन्त रसाइली, बहादुरपुरकै टेकबहादुर ढेगा गम्भीर घाइते हुनुभएको छ ।

घाइतेहरूको मिसन अस्पतालमा उपचार भईरहेको छ । यस्तै हुमिनकी देवीकुमारी राना, बहादुरपुरका नरबहादुर बारघरे, चिदीपानीका मनोहर पुरी पनि घाइते हुनुभएको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि द’ई सय मिटरतल खसेको प्रहरीले बताएको छ ।
फाईल तस्बिर

0 comments

तपाईंको प्रतिकृया