संघीय लोकतान्त्रिक गणतन्त्रलाई तुहाउन फेरि ठुलो षड्यन्त्र : प्रचण्ड
सुनसरी, ८ कार्तिक । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रको संघारमा आइपुगेकाले पनि यसलाई तुहाउन ठुलो षडयन्त्र भइरहेको बताउनु भएको छ । उहाँले जनताको पक्षमा, न्यायको पक्षमा र परिवर्तनका पक्षमा स्पष्ट बहुमत नआए देश ठुलो दुर्घटनामा फस्ने बताउनु भयो ।
सुनसरी निर्वाचन क्षेत्र नं ६ मा शुक्रबार बिहान आयोजित जनसभालाई सम्वोधन गर्दै उहाँले संघीय गणतन्त्रका पक्षमा स्पष्ट बहुमत नभए देश ठुलो दुर्घटनामा फस्नेतर्फ सजग हुन सबै नेपाली जनतालाई आग्रह समेत गर्नु भयो । पहिलो संविधानसभाको चुनाव एमाओवादी र नेपाली जनताको ठुलो त्याग र तपस्याले भए पनि प्रतिक्रियावादीहरुले संविधान बनाउन नदिएको भन्दै यसपटक पनि स्पष्ट बहुमत नभए फेरि त्यही प्रवृत्ति दोहोरिने खतरातर्फ सजग हुनुपर्ने जोड दिनु भयो । यो देशमा मधेशी, महिला, दलित, सकुम्वासीले आफ्नो अधिकार पहिचान नगरुन र उनीहरुलाई सधैं लुट्न र ठग्न पाइयोस भनेर ठुलो षड्यन्त्र भइरहेको बताउँदै उहाँले यो चुनाबमा त्यस्ता प्रतिगामी शक्तिलाई बढारेर फालिदिन जनतालाई आग्रह समेत गर्नुभयो ।
पहिलो संविधानसभाबाट ठुलो दल भएपनि ४ महिनासम्म संविधान बनाउन नदिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री आफु हुँदा ल्याएको बजेट तथा नीति कार्यक्रमसमेत लागू गर्न नदिएको बताउनु भयो । अब नेपाली जनता धेरै सजग भइसकेको बताउँदै उहाँले नेपाली जनताको जीत अब कसैले रोक्न नसक्ने ठोकुवा गर्नु भयो ।
चुनावी अभियानमा बुधवार पूर्वी नेपाल पुग्नु भएका अध्यक्ष प्रचण्डले बिहीवार धरान, तेह्रथुम र धनकुटामा विशाल जनसभालाई सम्बोधन गर्नु भएको थियो । ती जनसभामा १२ सयभन्दा बढी एमाले काँग्रेसका पुराना नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका थिए ।
सिराहा निर्वाचन क्षेत्र नं ५ बाट समेत उम्मेदवार दिनु भएका अध्यक्ष प्रचण्डले शुक्रवार दिउसो सो क्षेत्रका जनताको घरदैलोमा चुनावी अभियानमा जाने कार्यक्रम रहेको उहाँका निजी सचिवालय सदस्य शिव खकुरेलले जानकारी दिनु भयो ।

0 comments
तपाईंको प्रतिकृया