विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोगार्थ रुपन्देहीको देवदह ५ शित्तलनगरमा ‘तेजु अर्याल एकल सांझ २०७०’ हुने भएको छ ।
राष्ट्यि देशभक्त गीत ,गजल ,आधुनीक गितका एल्वममा मिठास स्वर दिइसकेका अर्यालले ‘लाइभ शो’ गर्न लागेका हुन । कात्तिक १६ गते सनिवार साढे २ वजे देखी साढे ५ वजे सम्म साढे २ घण्टाको अवधीमा उनले ९ वटा गीत गाउने छन । जसमा २ राष्ट्यि गीत ,२ गजल तथा आधुनिक र पुराना गीतहरु समावेश हुने छन ।
आईतवार आयोजित पत्रकार सम्मेलनमा अर्यालले गीत संगितको माध्यमवाट सहयोग संकलन गरी गरिव विद्यार्थीलाई सहयोग गर्न चाहेको वताए । उनले भने– मेरो प्रतिभाले सहयोग जुट्छ भने विद्यार्थीको हित हुनेछ ।’ करिव ढेड लाख खर्च हुने अनुमान गरिएको उक्त सांझ गर्नको लागी आर्थिक श्रोत टिकट नै भएको आयोजकले वताएका छन । शैक्षिक सामाग्री सहयोगार्थ ५ सय रुपैयाको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रम सम्पन्न गर्नको लागी २१ सदस्यीय आयोजक समिती गठन गरिएको बताईएको छ ।
यस्तो छ अर्यालको सांगीतिक यात्रा
कम्पोजर र गितका शव्द समेत गुन्न सक्ने वहुप्रतिभाका धनी अर्यालले यसअघि धेरै एल्वममा गित संगित भरेका छन । उनको एकल प्रयासमा निकालिएको एल्वम ‘नतिजा’ श्रोता माझ लोकप्रिय थियो । वि सं २०४६ देखी जनवादी गीत संगितलाई अगाली सांगेतिक क्षेत्रमा उदाएका अर्यालले २०५४ सालमा रेडियो नेतालमा स्वर परिक्षण उर्तिण गरी ‘जुन माटोमा मैले आ“खा खोले ।।।।’ वोलको देशभक्ती गीतमा स्वर दिए ।
त्यसैगरी उनले २०६० सालमा लोक आधुनिक गितको संगालो नतिजा एल्वम श्रोता माझ ल्याए । आधुनिक तथा देशभक्त गित मात्र होईन उनले गजल पनि गाउ“छन । डा घनश्याम परिश्रमीले लेखेको ‘गजल देख्दा मेरो छाती सम्झे तिमीलाई’ गजलमा स्वर थपेका छन । उनले यो गजल वि सं २०६१ मा रेकर्ड गराएका हुन । वि सं २०६६मा ‘धेरै धेरै माया गरिरहन्छौ।।।’ वोलको राष्ट्भक्ति गीतमा पनि उनले स्वर दिएका छन ।
रुपन्देही देवदह निवासी अर्याल कमजोर आर्थिक अवस्थाले सांगेतिक क्षेत्रमा छाउन नसकेको वताउ“छन । भन्छन – एल्वम निकाल्न धेरै खर्च लाग्छ त्यसै कारण पनि ओझेलमा छु ।’ अहिले उनि विद्यालयहरुमा वालवालिकालाई गित संगित सिकाउने गुरु भएर सांगेतिक यात्रालाई जारी राखेका छन ।
देवदहमा एकल सांझको तयारी

0 comments
तपाईंको प्रतिकृया