Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सेनाले हामीलाई साथ दिन्छ : चन्द

बुटवल ११ कात्तिक– संविधान सभा सदस्य निर्वाचनको शसक्त वहिस्कारको घोषणा गरेको एमाओवादीका एक नेताले सेनाले आफूहरुको अभियानलाई साथ दिने दावी गरेका छन ।
नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले सेना तथा प्रहरीले आफूहरुलाई साथ दिने वताएका हुन । नेकपा –माओवादी पश्चिम व्यरो संघर्ष समन्वय समितीले सोमवार वुटवलमा आयोजन गरेको पत्रकार सम्मेलनमा भने ‘सेनाका मेजरहरु सकारात्मक छन ।अपिल पनि गरेका छौ ।’ उनले भने– सेनाले हाम्रो कुरा वुझने तर दलहरुले किन वुझ्दैनन ।’
उनले राजनितीक सवाललाई ‘मेल्ट्री’संग जोडेर चार राजनितीदलहरुले द्धन्द निम्ताउन खोजेको वताए । नेता विप्लवले राजनितीक निकास निकाल्न नसकेर दलहरुले सेनालाई व्यारेक वाहिर निस्कन वाध्य पारेको वताउदै आफूहरको कारण सेना परिचालन नभएको जिकिर गरे । उनले भने–सेनालाई वाध्य पारिएको हो , त्यसको नतिजा दुर्भाग्यपुर्ण हुन्छ ।’ उनको भनाई थियो– परिस्थती हेर्दा २०५१ सालको पेरीफेरीमा आउन थालेको छ ।’
जनताले अहिले संविधान सभाको निर्वाचन नभई संविधान चाहेको वताउदै उनले निर्वाचनको सक्रिय र शसक्त वहिस्कार गर्ने बताए ।

0 comments

तपाईंको प्रतिकृया