Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेस एमालेले संबिधन बनाउन दिएनन:डा वावुराम

बुटवल १२ कात्तिक– पुर्व प्रधानमन्त्रि तथा एमाओवादी वरिष्ठ नेता रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा वावुराम भट्टराईले एमाले कांग्रसले संविधान वनाउन नचाहेको वताएका छन । एमाले कांग्रस कै कारणसंविधानसभा भंग भएको वताउदै उनले अव पनि उनिहरुको नेतृत्व भए संविधान वन्नै नसक्ने ठोकुवा गरे ।

मंगलवार रुपन्देहीको पर्राेहा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्वोधन गदै उनले भने–संविधानसभाको कुरा हामीले गरेको हो जुन आमाले सन्तानलाई जन्म दियो उनले मात्र हुर्काउन सक्छिन अरुलाई त्यति माया हुनैन ।’ नेता भट्टराइले संविधान सभालाई अरुलाई जिम्मा दिदा संविधान वन्न नसकेको वताए । उनले थपे– वच्चा जन्माएर अरुलाई दिइयो भने लालनपालन हुन सक्दैन उ मर्छ , संविधासभाको अवस्था पनि त्यही भएको हो ।’

जनपक्षिय संविधान तथा समृद्ध नेपाल निर्माणको लागी एमाओवादीलाई स्पष्ट वहुमत आवश्यक रहेको उनले बताए । ‘यो निर्वाचनले संविधानसभाको सदस्य मात्र निर्वाचित गदैन त्यो सदस्यले व्यवस्थापिका संसदको पनि काम गर्छ ।’ उनले भने– ‘त्यसैले वुद्धि विवेक पुराएर सदस्य चुन्ने होला ।’ नेता भट्टराईले मुलुकको विकासको चित्र कोर्ने योजना एमाओवादीसंग मात्र भएको वताउदै वुटवल र वुटवल आसपासका जिल्लाहलाई समेटेर वृहत विकास योजना अनुसार विकास गरिने वताए । स्थिर सरकारले मात्र दिर्घकालिन योजना वनाउन सक्ने भएकाले निर्वाचनमा माओवादीलाई अत्यधिक वहुमत दिलाई स्थिर सरकार गठन गर्ने वातावरण मिलाउन जनताको हात हुने वताए । दलहरुको हैषियतवारे मंसिर ४ मा जनताले फैसलला गर्न उनको भनाई छ ।

कार्यक्रममा एमालेका लक्ष्मण पौडेल यमनाथ ढकाल कांग्रेसका सरस्वती क्षेत्री लगायतका गरी करिव १ सय भन्दा वढि एमाओवादीमा प्रवेश गरेका छन । उनिहरुलाई डा भट्टराईले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।यता आगामी संविधानसभा चुनावको प्रचार अभियानमा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई बुटवलमा जनताको घरदैलोमा पुग्नुभएको छ ।
रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार रहनुभएका भट्टराई आज बिहान बुटवलको वडा नं. ९ मा मतदाताको घरदैलोमा पुग्नुभएको हो । बिहान भूपू सैनिकहरुसंग भेटघाटपछि घरदैलोमा निस्किनुभएका भट्टराईलाई स्वागत गर्दै जनताले यही क्षेत्रमा रहेर विकास निर्माणमा लाग्न आग्रह गरेका छन् । उनीहरुले भट्टराईजस्तो विकासप्रेमी र बौद्धिक व्यक्ति उम्मेदवारको रुपमा पाएकोमा खुशी व्यक्त गरेका छन् ।

घरदैलो कार्यक्रमपछि कोणसभामा बोल्दै भट्टराईले नेपालकै केन्द्र भागमा पर्ने बुटवलबाट विकासको अभियान थाल्ने सोंचका साथ आफूले यस क्षेत्रबाट उम्मेदवारी दिएको भन्दै निर्वाचनपछि पनि आफू यस क्षेत्रमा रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी क्षेत्रको योजनाबद्ध र एकीकृत विकास गर्दै नया“ लुम्बिनी, नया“ बुटवल बनाउन लागिपर्ने उहा“ले प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषिको आधुनिकीकरण, उद्योगधन्दाको विकास, योजनाबद्ध शहरी विकास, आवासको व्यवस्था र यस क्षेत्रको समग्र विकासमा आफू लागिपर्ने उहा“को भनाइ छ । देशको विकास भनेको काठमाडौंको विकास मात्र होइन भन्दै भट्टराईले समग्र क्षेत्रको विकासबाट मात्र मुलुक आर्थिक समृद्धिको दिशामा जाने बताउनुभयो ।
चुनाव प्रचार अभियानकै क्रममा आज बुटवल–९ को घरदैलोपछि भट्टराई दिउसो १ बजे मासु व्यवसायीसंग अन्तक्र्रियामा सहभागी हुनुभयो ।

मासु व्यवसायीसंगको अन्तक्र्रियापछि दिउसो साढे दुई बजे पर्रोहामा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै भट्टराई मुलुकलाई समृद्ध दिशातिर लैजान सक्ने पार्टी छानेर मत दिन आग्रह गर्नुभयो । अपरान्ह ४ बजेपछि भट्टराई बुटवल–१४ मा घरदैलो अभियानमा सहभागी हुनुभएको छ ।

0 comments

तपाईंको प्रतिकृया