Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीलाई चलचित्रकर्मी र विष्लेषकको साथ ,भोट माग्दै घरदैलोमा

सुपर खबर संवाददाता
बुटवल १३ कात्तिक–
एकिकृत नेकपा माओवादीलाई संविधान सभा सदस्य निर्वाचनमा विजयी वनाउन चलचित्रकर्मी कलाकार तथा विष्लेषकहरु खुलेरै लागेका छन ।
मुलुकभर नै एमाओवादीको पक्षमा चुनावी महोल तातिरहेको अवस्थामा चलचित्रकर्मी तथा विष्लेषकहरुले वुटवलको माहोल तताएका हुन । एमाओवादीको पक्षमा मतदान गर्न अनुरोध गदै उनिहरु वुधवार बुटवलमा गरिएको घरदैलोमा अभियानमा समेत एमाओवादी वरिष्ट नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा वावुराम भट्टराईलाई साथ दिए । उनिहरुले करिव ३ घण्टा घरदैलोमा कार्यक्रममा सहभागी भए ।
विहान १० वजे वुटवलको टफिकचोकवाट शुर भएको घर दैलो कार्यक्रममा विष्लेषक तथा वुद्धिजिवी खगेन्द्र संग्रौला, हरि रोका , चलचित्रकर्मीहरु केपी पाठक, मौसमी मल्ल, रविन्द्र खड्का, राजेन्द्र खड्गी,सुवास गजुरेल , अशोक शर्मा प्रदिप उदय लगायतका कलाकार तथा विक्ष्लेषकहरु अग्रभागमा देखिए । उनिहरुले एमाओवादीको एजेण्डा सहिर मुलुकलाई हाक्न सक्ने भएको वताउदै मतदान गर्न मतदाताहरुसंग अनुरोध गरेका थिए । घर दैलो पछि आयोजित सभामा उनिहरुको भनाई यस्तो थियो ः
एमाओवादी जहिले पनि दुलाहाः संग्रौला
विष्लेषक तथा वाम वुद्धिजिवी खगेन्द्र संग्रौलाले एमाओवादीलाई दुलाह र एमालेलाई जन्तीको संज्ञा दिदै जन्तीको कहिले पनि भुमिका नहुने वताए ।
संविधान र निर्वाचन लाई विवाहको यज्ञ भएको बताउदै उनले एमाले जहिले पनि जन्तीको भुमिकामा रहेको वताए । उनले दुलाहाको भुमिका एमाओवादीको रहेको बतााए । सभामा उनले भने– तपाई जन्तीलाई भोट दिनु हुन्छ की दुलाहालाई रु पक्कैपनि दुलाहालाई दिनुहुन्छ किनकी विहामा दुलाहाको महत्व हुन्छ ।’
परिवर्तनको यात्री एमाओवादी : रोका
राजनितीक विष्लेषक हरि रोकाले परिवर्तनको यात्राको साथ दिने पार्टी एमाओवादी मात्र भएको वताए । उनले संवृद्ध नेपाल निर्माणको लागी डा वावुराम भट्टराईवाहेक अन्य कुनै व्यक्ति उपयुक्त व्यक्ति नभएको पनि दावी गरे ।
भोट एमाओवादीलाई दिनुहोस :शर्मा
चलचित्रकर्मी अशोक शर्माले आफू कुनै पनि दलमा आस्था नराख्ने वताउदै एमाओवादीलाई भोट दिन मतदाताहरुलाई अनुरोध गरे । उनले भने– म कुनैदलमा आवद्ध छैन तपाईहरुलाई के सुझाव दिन्छु भने तपाई एमाओवादीलाई नै भोट दिनुहोस ।’ नेपालको भविष्यको रेखा कोर्ने पार्टी एमाओवादी भएकाले संविधान सभाको निर्वाचनमा एमाओवादीलाई भोट दिनु पर्ने उनको सुझाव छ ।

0 comments

तपाईंको प्रतिकृया