एमाओवादीको जित एमाले र कांग्रेसले स्वीकारे : पाण्डे
पाल्पा, १४ कार्तिक । एकीकृत नेकपा माओवादीका मगरात राज्य सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र ३ का उम्मेदवार नेत्रप्रसाद पाण्डेले संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीको जित एमाले र कांग्रेसले स्वीकार गरेको बताएका छन् ।
एमाओवादी संविधान सभा निर्वाचनमा स्पष्ट बहुमतसहितको पहिलो पार्टी बन्ने एमाले र कांग्रेसले स्वीकार गरेका छन् । आगामी संविधान सभा निर्वाचनपछि एमाओवादीको मात्र सरकार बन्ने उनले बताए ।
एमाओवादीको मात्र सरकार बनेपछि देशको विकासमा कायपलट हुन पाण्डेले दावी गरे । माओवादीले ९ महिने सरकारका पालामा नै धेरै राम्रो काम गरेको बताउदै उम्मेदवार पाण्डेले बाबुराम भट्टराईको पालामा बजेट एमाले र कांग्रेसले ल्याउन नदिएको बताए ।
एकीकृत नेकपा माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) तानसेनको आयोजनामा युवा भेलालाई तानसेनमा सम्वोधन गर्दै नेता पाण्डेले पाल्पामा केही दिनमै उत्पादन बिग्रेट बनाउने तयारीमा रहेको बताएका छन् । विग्रेटले मंसिर ४ गते भन्दा अघिसम्म संविधान सभा निर्वाचनमा स्वयसेवकको रुपमा काम गर्ने र निर्वाचनपछि उत्पादनका क्षेत्रमा लाग्ने बताएका हुन । स्वदेशमै उत्पादनका अवसर पाएपछि युवाहरू विदशे जानपर्ने छैन ।
उत्पादन विग्रेटले तानसेनको शिटलपार्टी हुदै भुषलडाडा, बसपार्क क्षेत्रमा रही सर्वसाधारणलाई सहयोग गर्ने बताइएको छ । झण्डै १ सय जनाको समुहमा उत्पादन विग्रेट तानसेनका ५ ओटा स्थानमा रहने छन् । उत्पादन विग्रेट गौतम बुद्ध जस्तै शान्त रहन पाण्डेले निर्देशन दिएका छन् । उनले भने– जाइ लागे युवाहरू त्यसको प्रतिकारमा समेत पछि पर्ने छैनन् ।
तानसेनका ४ सय युवाहरू भेलामा सहभागी बनेका थिए । भेलामा चुनाव प्रचार समिति तानसेनका संयोजक विन्दु रावल, वाइसियलका सचिव धन्नेन्द्र घिमिरे लगायतले संविधान सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र ३ का उम्मेदवार नेत्रप्रसाद पाण्डेलाई अत्याधिक मतले विजय बनाउन युवाहरूलाई आग्रह गरेका थिए ।
भेलामा नेकपा–माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका झण्डै एक सय युवा एमाओवादीमा प्रवेश गरेका थिए । पाण्डले पार्टी प्रवेश गर्ने युवालाई कैलाशनगरमा अभिवर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा निरजन परियार, प्रेम बराल, सुरज कार्की, अनिल कार्की, पिताम्वर केसी, निरज कार्की, मनिष अर्याल, दिपेन्द्र अस्लामी, सज्य अस्लामी, सन्तोष कार्की, गगन थापा, अविन हेनचुरी, नारायण हिस्की, विपिन श्रेष्ठ, विकाश श्रेष्ठ, दिपक थापा, दान बहादुर कुमाल, सुर्य भण्डारी, सुमन चौपान, करण पराजुली, शम्भु गौतम, सुरेश थापा, कुशल श्रेष्ठ, वादल गन्धर्व, दिल बहादुर जर्घा, अवित सुवाल, विजु राना, प्रेम गुरुङ, कान्छा चिदी, ज्यावला पाण्डे, मनिष के.सी., मनिषा रावल, लक्ष्मण थापा, जय राना, दिनेश राना, सन्तोष खत्री, शिव न्यौपाने, भरत बराल, पवन बलाल, निरन्जन बलाल, सन्तोष बलाल, सुदिप खड्की, प्रदिप राना, वसन्त भाट, सुरज गैरे, रोपन भाट, मद्यु कार्की, लक्षु जुगजेली, सुमन बस्याल, विमल पोखरेल, राजेश पुन, खुम भण्डारी, पवन गाहा, अमर पाण्डे, राजेन्द्र मरासनी, रजीन कुवर, तिलबहादुर थापा, केशव अर्याल, हरे राना, पुरन थापा, मीलन गाहा, विशल थापा, सन्तोष गाहा, खुम थापा, रोसन थापा, पिकु अन्सारी शंकर विष्ट, निखिल हमाल, सिजन मिधुन, लगायतका रहेका छन् ।

0 comments
तपाईंको प्रतिकृया