नेता डा. भट्टराई बुट्वलको सुकुम्वासी टोलमा
बुट्वल, ८ कार्तिक । एकीकृत नेकपा (माओवादीका) का वरिष्ठ नेता एवम् रुपेन्देही निर्वाचन क्षेत्र नं ४ का प्रत्यक्ष उम्मेदवार डा. बाबुराम भट्टराई बुट्वल नगरपालिकाको बुद्धनगरस्थित सुकुम्वासीका घरदैलोमा पुगेर त्यही बास बस्नु भएको छ ।
देशकै वौद्धिक नेता आफ्नै घरमा आएपछि सुकुम्वासी टोलमा निक्कै खुशी छाएको छ । बिहीवार साँझ सुकुम्वासी टोलमा घरदैलो अभियानमा पुग्नु भएका नेता भट्टराईले साँझ अवेरसम्म सुकुम्वासीका समस्या र समाधानका विषयमा छलफल गर्नु भएको थियो ।
डा. भट्टराई प्रधानमन्त्री हुँदा पनि प्रत्येक महिनाको अन्तिम शुक्रवार जनताको घरमा गएर बस्ने गर्नु भएको थियो ।
उहाँ शुक्रवार बिहान बुटवल नगरपालिका वडा नं १३ को कालिकानगरमा घरदैलो अभियानमा हुनुहुन्छ । जनताको घरदैलो अभियानमा पुग्नु भएका नेता भट्टराईले एमाओवादीलाई स्पष्ट बहुमत दिएर नयाँ संविधान निर्माणमा सहयोग गर्न जनतालाई आग्रह गरिरहनु भएको छ । दिउँसो बुटवल नगरपालिकाको मोतीपुरमा उद्योग, व्यवसायी र मासु व्यापारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

.jpg)
0 comments
तपाईंको प्रतिकृया