Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेसबुकबाट करोडौं रकम बाहिरियो

काठमाडौं,कात्तिक ११– नेपाली कांग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल ‘फेसबुक ’लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन् । आफ्नो र निर्वाचन लक्षित अन्य पेजहरुमा उनले विज्ञापन गरिरहेका छन् । युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाई छ ।
एमाले नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोग गरेको बताउँछन् ।

सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका उम्मेदवारहरुमा आक्रामक रुपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको छ ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, नरहरि आचार्यदेखि एमालेका ईश्वर पोखरेल, नारायण मरासिनी, योगेशभट्टराई, एकीकृत माओवादीका हिमाल शर्मा र राप्रपा नेपालका कमल थापा, भरत जंगमसम्मले फेसबुकमा विज्ञापन गरेका छन् ।

चुनावी प्रचार निम्ति भित्ता रंगाएर सहर कुरुप पार्नुभन्दा अत्याधुनिक प्रविधि रोज्नुलाई धेरैले रुचाए पनि यसबाट ठूलो रकम अवैधानिक रुपमा बाहिरिएको छ । फेसबुकमा गरिने विज्ञापनको पैसा पेपाल वा अन्तर्राष्ट्रिय क्रेडिट कार्डमार्फत बुझाउनुपर्छ । दुवै नभएका नेताहरुले विदेशमा रहेका साथीभाइबाट चन्दा उठाएर विज्ञापन गरेको बताएका छन् ।
थापा र अधिकारी दुवैले आफ्नो पेपाल र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड नभए पनि विदेशमा रहेका शुभेच्छुकहरुमार्फत विज्ञापन गराएको जानकारी दिए ।

पेपाल अकाउन्ट र फेसबुक विज्ञापनमा पारामर्श दिने आउटसोर्सिङ व्यवसायी जीवन तामाङका अनुसार हालसम्म ५० भन्दा बढी उम्मेदवारले ६ लाख रुपैयाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च गरिसकेका छन् ।पछिल्लो समय व्यक्तिगत पेजमा पनि चुनावी विज्ञापन गर्ने चलन बढेको छ ।नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने नेपाली रकम घुमाउरो बाटो विदेश पुर्या उन अवैधानिक भएको बताएको खबर आजको नागरिक दैनिकमा छ ।

0 comments

तपाईंको प्रतिकृया