मुक्तकहरु
सुनिता चुंदाली
नयाँ कुरा बाड्दै छौ रे भोटका लागी
तछाड मछाड चलिराछ हरिया नोटका लागी
विजयी अबिर संगै राजधानीमै पलायन हुन्छौ
जनता उस्तै अभावमा चिन्तीत उही ओतका लागी
..........
आश्वासन मात्र हो कि नयाँ संबिधान पनि बनाउछौ
भत्ता पड्काउछौ तेतिकै न उपस्थिति जनाउछौ ।
सिंगौरी खेल्नै थलो भयो तिम्रो लागी संबिधान सभा
अझै कति गिर्छो जनतामाझ तिमी कति गन्हाउछौ ।
........
म आगो बनेर आउनेछु क्रान्तिको लागी
लागी परौ नयाँ नेपाल प्राप्तीको लागी
अरे मलाई जीताएर त हेर्नुस एकपटक
केही कसर बाकी राख्नेछैन शान्तिका लागी
बुटवल

0 comments
तपाईंको प्रतिकृया