Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तिलोत्तमामा स्वर्ण महोत्सबको तयारी तिब्र

बुटवल ,९ कात्तिक बुटवल ८ मा रहेको तिलोत्तमा माध्यमिक बिद्यालयले स्वर्ण महोत्सबको तयारी गरेको छ । वि सं २०२० मा स्थापना भएको उक्त विद्यालयले पुस १ गते देखी सप्ताह व्यापी कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको हो । यसै क्रममा विद्यालयले पूर्व शिक्षक र पूर्व बिद्यालय ब्यबस्थापनका पदाधिकारीहरु बिच छलफल तथा भेटघाट गरेको छ ।

उनिहरुले बिद्यालयको शैक्षिक भौतिक तथा आर्थिक रुपमा बिकासका लागि सक्दो सहयोग गर्ने बताएका थिए । उनीहरुले बिद्यालयको मैदानमा रहेको शिबजीको मन्दिरलाइ अन्य स्थानमा पुर्नस्थापना गरेर बिद्यालय ब्यबस्थित बनाउनुपर्ने बताए ।उनीहरुले तिलोत्तमालाइ समयानुकुल परिबर्तन गर्न नसकेकोले अब सबैले मिलेर बिद्यालयको स्तर बृद्धिमा लाग्नुपर्ने बताए ।

मूल समारोह समितिका संयोजक चित्रमान गौचनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका सदस्य सचिब बाबुराम बिश्वकर्मा,पूर्व शिक्षक तथा प्राध्यापक रामलाल श्रेष्ठ,समाजसेवी गणेशमान सैंजु,मनोज भट्टराइ,उमा भण्डारी,जगदिश न्यौपाने, सदापूर्णिमा गुरुङ,शम्भुलाल श्रेष्ठ,अमृत भण्डारी लगायतले बिद्यालयको स्तरउन्नती गर्न आवश्यक रहेको वताए । यसैविचबिद्यालयले शनिबार पुर्व बिद्यार्थिहरुको भेला सम्पन्न भएको छ । बिद्यालयले सप्ताहब्यापि महोत्सव अन्तर माबि स्तरिय शैक्षिक ,खेलकुद, सांस्कृतिक कार्यक्रम, सम्मान,‘तिलोत्तमाका स्वर्णीम यात्राहरु’ नामक स्मारिका प्रकाशन गर्ने,मूल द्वार निर्माण, लगायतका कार्यक्रमहरु गरिने बिद्यालयले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया