एमाओवादी क्षेत्रिय कार्यालय उद्घाटन
पाल्पा, ६ कार्तिक । पाल्पा जिल्लाको नायरनम्तलेस गाविसको आर्यभञ्याङ्गमा एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र २ को निर्वाचन प्रचार प्रसार क्षेत्रिय कार्यालय उद्घाटन गरेका छन् । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पाल्पा निर्वाचन २ का उम्मेदवार बसन्त शर्मा कुशलले कार्यालयको उद्घाटन गरेको हुन ।
नेता शर्माले संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीले दुईतिहाई बहुमत ल्याएर जनमुखी संविधान बन्ने भएपनि यथास्थितिवादी पार्टीहरु अतालिएको बताएका छन् । एमाओवादीका राज्य समिति सदस्य चक्रव्युह थापाले जनताको संविधान बनाउन एमाओवादीलाई जिताउने पक्षमा देखिएका छन् । उनले भने–‘ माओवादीले जितेमात्र संविधान बन्छ,’ ‘संविधान सभाको एजेण्डा माओवादीको भएकाले संविधान बनाउने अभिभारा माओवादीको काधमा छ ।’ त्यसैले एमाओवादीलाई जिताउने पक्षमा जनताको लहर देखिएको छ ।
एकीकृत नेकपा माओवादीले पहिलो संविधान सभा निर्वाचनमा जस्तै बहुमत ल्याउने उनले दावी गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरू एमाआवादीमा प्रवेश गरेका नवआगुन्तक उनले अविर लगाएर पार्टी प्रवेश गराएका थिए । उद्घाटन कार्यक्रममा एमाओवादीका राज्य समिति सदस्य चक्रव्युह थापा, समानुपातिकी उमेदवार तुल्सा राना, मथुरा ढकाल लगायतले गोलकाारभित्र हसिया र हथौरामा मतदान गर्न आग्रह गरेका थिए ।

.jpg)
0 comments
तपाईंको प्रतिकृया