Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्बाचन आचार संहिता अनुगमन

११ कार्तिक जिल्ला निर्बाचन अनुगमन समिति रुपन्देहीले सोमबार जिल्लाका केही निर्बाचन क्षेत्रको अनुगमन गरेको छ ।
जिल्लाका निर्वाचन क्षेत्र न.२,३ र ४ मा आचार संहिता तथा निर्बाचन अनुगमन समितिले राजनितिक दलहरुले निर्बाचन प्रचार प्रसारमा भएका आचार संहिता उल्लघनको अनुगमन गरेको हो ।
क्षेत्र न.२ मा जिल्ला अनुगमन प्रमुख नेत्र भुसाल, ३ मा प्रेम पौडेल र ४ मा अयोध्या प्रसाद भण्डारीको नेतृत्वमा अनुगमन भएको थियो ।
अनुगमनका क्रममा क्षेत्र न. २ मा बगाह,बसन्तपुर र सिद्धार्थनगर नगरपालीकाको केही भागमा आचार संहिता बिपरित गरिएको पोस्टरीङ हटाउनुका साथै व्यानरहरु जफत गरेको जिल्ला अनुगमन समितिले जनाएको छ ।
क्षेत्र न. ४को वुटवल क्षेत्रमा निर्बाचन अनुगमन समितिले आधार संहिता बिपरित झुन्डाइएका उम्मेदवारका बोर्डहरु हटाएको छ । निर्बाचन आचार संहिता बिपरित राजनितिक दलका उम्मेदवारका फोटो सहित झुन्डाएका बोर्डहरु हटाएनुको साथै सार्बजनिक स्थलमा टासिएका पोस्टरहरु समेत हटाएको अनुगमन समितिले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया