Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु : हिसिला यमि

काठमाडौं, ८ कार्तिक । एकीकृत नेकपा माओवादीका नेतृ हिसिला यमिले आफूले कुनै भ्रष्टाचार नगरेको र प्रमाणित भए आफू जेल जान तयार रहेको बताउनु भएको छ । चुनावी प्रचार–प्रसारका क्रममा बनस्थलीको बोहोराटारमा घरदैलोमा रहनुभएकी एमाओवादी नेतृलाई स्थानीयले भ्रष्टाचार भएको गुनासो छ नि भन्ने प्रश्न गरेपछि यमिको यस्तो प्रतिक्रिया आएको हो ।

तीनपटक मन्त्रीसमेत भइसक्नुभएकी यमिले आफूले भ्रष्टाचार गरेको देखाउन चुनौतिसमेत दिनुभयो ।
उहाँले भन्नुभयो ‘मैले कुनै भ्रष्टाचार गरेको छैन र गर्ने पनि छैन । यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित गर्न सक्छ भने म आजैका दिन जेल जान तयार छु ।’ आफू सबै कुरा खुलस्त राख्ने प्रष्ट व्यक्ति भएकाले यस्तो आरोप लाग्ने गरेको उनको दावी थियो । दलाल र केही निहित स्वार्थ पुरा गराउन खोज्नेको काम नगरिदिएपछि उनीहरुले भ्रष्टाचारको अफवाह फैलाएको यमिले जिकिर गर्नुभयो ।

 उहाँले भन्नुभयो , ‘मैले भ्रष्टाचार गरेको भए अख्तियार के हेरिरहेको छ ? आजै मेरो सम्पत्ति छानविन गरोस् र प्रमाणित गर्दै जेल हालोस्, म तयार छु ।’
आफू मन्त्री हुँदा कमाएको केही पैसा अझै पनि बैंक खातामा रहेको र त्यो सर्वसाधारण जनताका लागि खुल्ला रहेको भन्दै आफू सदैव जनताकै पक्षमा काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । संविधानसभाको निर्वाचनमा एमाओवादीले जित्नु भनेको सबै दलले जित्नु भएको नेतृ यमिले दावी गर्नुभयो । एमाओवादी दलीय राजनीतिमा प्रतिबद्ध रहेको र कांग्रेस–एमाले पनि एमाओवादीकै एजेण्डामा आएकाले अब एमाओवादीले जित्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया