Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माओवादीले बहुमतका साथ जित्न आवश्यक : प्रचण्ड

काठमाण्डौ 22 असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले संघीयता सहितको संविधान निर्माणका लागि एकीकृत माओवादीले बहुमतका साथ जित्न आवश्यक रहेको बताउनु भएको छ।

काठमाडौं क्षेत्र नम्बर एकमा एकीकृत माओवादीको तर्फबाट संविधानसभाको उम्मेदवारी बनेकी छोरी रेणु् दाहालको प्रचार प्रसार कार्यक्रममा पुग्नु भएका अध्यक्ष प्रचण्डले अघिल्लो संविधानसभाको निर्वाचनमा पार्टीले बहुमत नपाएकाले संविधान जारी हुन नसकेकेा बताउनुभयो। उहाले मंसिर चारको निर्वाचन नेपालको इतिहासमा नै अन्तिम संविधान सभाको निर्वाचन भएको दाबी गर्नुभयो। अध्यक्ष प्रचण्डले क्षेत्र नम्बर एकबाट रेणु दाहालले जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो।

0 comments

तपाईंको प्रतिकृया