बेरोजगारी समस्या हल गरौं : पाण्डे
पाल्पा, ६ कार्तिक । एकीकृत नेकपा माओवादी पाल्पा निर्वाचन क्षेत्र ३ उम्मेदवार नेत्रप्रसाद पाण्डेले नयाँ बन्ने संविधानमा बेरोजगारी समस्या हल गर्ने गरी संविधानमा सो कुरा उल्लेख गर्ने बताएका छन् । उनले युवाहरुलाई रोजगारीको व्यवस्था राज्यबाट हुन नसकेको अवस्थामा बेरोजगारी भत्ता दिने व्यवस्था संविधानमा नै उल्लेख गर्ने कुरा माओवादीले उठाएको बताएका हुन ।तानसेन नगरपालिका–९ स्थित पद्माटारीमा एकीकृत नेकपा माओवादीको वडा भेलामा गास, बास, कपास शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारको संविधानमा नै सुनिश्चित गर्ने गरी माओवादीले संविधान बनाउन पहिला नै लागेको थियो तर नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले जनताको सो अधिकारमाथि तुसारापात गरेको बताए । गास, बास, कपास शिक्षा, स्वास्थ्य लगायतका आधारभुत तत्व राज्यले पुरा गर्नुपर्ने उनले बताए ।
भेलामा एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य भीमलाल भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान सभा तुहाएर संविधानको हत्या गरेको बताएका छन् । उनीहरुले संविधान एमाओवादीको छोरा भएकाले संविधानको हत्या गर्न सफल बनेको आरोप लगाएका थिए । एमाओवादीले संविधान सभालाई तुहाउनबाट बचाउन खोजेपनि एमाले र कांगे्रसले गर्भबाट नै तुहाइ दिएर नवजात शिशुको हत्या गरेको बताए ।
वृद्धिजीवी लिला कार्कीले देशलाई युवालाई रोजगारी दिने युवा स्वरोजार, एकल महिला भत्ता लगायतका प्रभावकारी कार्यक्रम ल्याउन सफल बनेको धारण राखेका थिए ।तानसेन नगरपालिका एकीकृत नेकपा माआवादीका प्रचार प्रसार समितिका संयोजक विन्दु रावलले नेपालका जस्तो मुलकको नेतृत्व गर्ने पार्टी माओवादीलाई विजय गराउन अनुरोध गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया