Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रोट्याक्ट क्लब र सहकारीद्धारा रक्तदान

बुटवल ९ कात्तिक– बुटवल नेपालगञ्ज रोड स्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनको संयुक्त आयोजनामा बुटवलमा सनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्याक्ट तथा सहकारीका पदाधीकारी तथा सदस्यहरु गरी ४५ जनाले रक्तदान गरेका थिए । आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसी प्रसाद आचार्य र क्लवका अध्यक्ष बावुराम बन्जाडेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बचत तथा ऋण सहकारी संघ रुपन्देहीका उपाध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, रक्त संचार केन्द्रका सदस्य तथा समाजसेवी विमलबहादुर शाक्य, रोटरी क्लव अफ वुटवल डाउन टाउनका अध्यक्ष रविलाल पोख्रेल लगायतले रक्तदानको महत्वको चर्चा गदै रक्त दान नै जिवनदान भएको बताए ।
कार्यक्रमको संचालन कार्यक्रम संयोजक जिवन प्रसाद अधिकारीले गरेका थिए । सहकारीको वार्षिक कार्यक्रम अनुसार रक्तदान गरिएको अधिकारीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया